२०७९ आश्विन १८
  • काठमाडौँ

दिदीलाई मृगौला दिन अस्पताल पुग्दा आफ्नै मृगौला फे’ल भएको रिर्पोट आएपछि…!

बागलुङ जिल्लाको  गलकोट नगरपालिका ५ हिस्लाङ निवासी तुल कुमारी श्रीसको अनुहार दिनँहु सुन्निन थालेपछी काठमाण्डौंको बि एण्ड बि अस्पतालमा भर्ना हुनुभयो ।

शरिर, हातगोडा तथा अनुसार समेत सुन्निएको अवस्थामा भर्ना हुनुभएकि श्रीसको मृगौलामा स’मस्या रहेको भन्दै अस्पतालले सुमेरु अस्पतालमा रिफ्र गर्यो ।

सुमेरु अस्पतालमा डाक्टर किरणमान श्रेष्ठ सहितको बिशेषज्ञ टोलीले उपचार गर्दा उहाँको दुबै मृगौला फे,ल भएकोले नियमित डायनासिस गर्न सुझाउनुभयो ।

उहाँको जिवन रक्षाको निम्ती डायनासिस बाहेक मृगौला प्रत्यारोपण अर्को उपचार पद्धत्ति रहेको डाक्टरको सल्लाह अनुसार नियमित डायनासिस गर्ने तथा मृगौला दिने ब्यक्तीको खोजिमा परिवार जुटेको थियो ।

सामान्य परिवारमा जन्मनुभएकी ४४ बर्षिया श्रीसले हप्तामा २ पटक सुमेरु अस्पतालमा डायलासिस् गरिरहदाँ नेपाल सरकारले उपलब्ध गराएको निशुल्क सेवामा स्थान पाएपछि निदान अस्पतालमा निरन्तर डायनासिस गरिरहनुभएको थियो ।

श्रीसलाई मृगौला दिन भन्दै उहाँकी बहिनी ३५ बर्षिया यामु श्रीस गत पौषमा काठमाण्डौं जानुभयो ।  आर्थिक अवस्था कमजोर रहेका दान बहादुर श्रीसलाई छोरीको मृगौला फेल भएको खबरले दिनँहु पि,रोल्थ्यो ।

दिनहुँ मजदुरी गर्ने श्रीसले झिनो आशा लिएर मृगौला प्रत्यारोपण गर्न सर सापट गरेर केही पैसा जोहो गदैं काठमाण्डौं त पुग्नुभयो तर उहाँँको आशा निराशामा बदलिएको छ ।

मृगौला दिन जानुभएकी यामु श्रीसको स्वास्थ्य परिक्षण गर्न बिएण्ड बि अस्पतालमा जादा उहाँले मृगौला दिन नमिल्ने डाक्टरले सुझाब दिदै उहाँको समेत मृगौलामा समस्या रहेको बताए । केही आशामा अस्पतालमा पुगेका श्रीसको परिवार निरास बन्दै सुमेरु अस्पतालमा पुगे ।

अस्पतालमा डाक्टर संग परामर्श गदै गर्दा यामुको शरिर तथा अनुहार एकाएक सुन्निन थाल्यो, उहाँलाई रिंगटा लागेको भन्दै ईमरजेन्सीमा भर्ना गरेको उहाँका भाई भुपाल श्रीसले बताउनुभयो ।

पहिला कुनै लक्षण थिएन अस्पतालमा पुगेपछि अनुहार सुन्निदै गयो, दिदीले रिगंटा लाग्यो भनेकोले भर्ना गर्यौं, श्रीसले भन्नुभयो, उपचारको क्रममा उहाँको शरिरमा रगतको अभाब भएको, दुबै मृगौला फे,ल भएको रि,पोर्ट आयों ।

श्रीसलाई ५ दिन आईसियुमा राखेर उपचार गरिएको तथा रगत चढाउने काम भएको श्रीसको भनाई छ ।

दुबै मृगौला फेल भएर जटिल अवस्थामा मात्रै मृगौला फे,ल भएको थाहा भएकोले आईसियुमा राखेर उपचार गर्नुपरेको सुमेरु अस्पतालका डाक्टर सन्जिव अधिकारीले बताउनुभयो ।

आफ्ना दुई सन्तानको अहिले दुबै मृगौला फेल भएर अस्पतालमा जिवन मरणको यात्रामा रहेको बताउदै दान बहादुर श्रीसले उपचार पनि महँगों भएकोले छोरीको उपचार गर्न नसकिने अबस्था आएको बताउनुभयो ।

दुई छोरीकै मृगौला फेल भएकोले अस्पतालमा छन् श्रीसले भन्नुभयो, बाबु भएर छोरीको उपचार गर्न समेत सकिन् श्रीस एकाएक भक्कानिनुभयो । श्रीस दिदीबहीनीको उपचारको लागि परिवारले आर्थिक सहयोगको लागि आग्रह गरेको छ ।

तुल कुमारी श्रीस दिदीको मृगौला प्रत्यारोपणको लागि अन्य तयारी भएको थियो, भाई भुपाल श्रीसले भन्नुभयो, मृगौला दिने दिदीको मृगौला फे,ल भएपछि मृगौला प्रत्यारोपण अलपत्र परेको उहाँको भनाई छ ।

श्रीस दिदी बहिनीको स्वास्थ्य उपचारको लागि सक्दो सहयोग गर्न गलकोट नगरपालिका वडा नम्वर ५ को कार्यालयले समेत आग्रह गरेको छ । काठमाण्डौं स्थिीत सुमेरु अस्पताल तथा निदान अस्पतालमा श्रीस दिदी बहिनीको उपचार भैरहेको परिवारले जनाएको छ ।

सहयोगको लागि ९८४७७६१४३८ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ । नयाँ खबर बाट

२०७८ माघ १०, सोमबार १२:५८ 0 Minutes 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।