२०७९ आश्विन २२
  • काठमाडौँ

बेलायती प्रधानमन्त्री बोरिस जोनसनमाथि अत्यन्तै गम्भीर आरोप के होला बास्बिकता ?

काठमाडौं। बेलायती सांसद नुसरत गनीले प्रधानमन्त्री बोरिस जोनसन र उनको सरकारमाथि निकै गम्भीर आरोप लगाएकी छिन् । नुसरत २० फेब्रुअरी २०२० सम्म जोनसन सरकारमा कनिष्ठ यातायात मन्त्री थिइन् ।

उनले भनिन् ‘मलाई पदबाट यसकारण हटाइयो किनकि म मुस्लिम थिएँ र क्याबिनेटमा मेरा सहकर्मीहरुलाई मेरो धर्मसँग समस्या थियो ।’ गनीका अनुसार एक ह्वीपको माध्यमबाट उनलाई पदबाट हटाइएको जानकारी दिइएको थियो ।

नुसरत गनीले यो गम्भीर आरोप सन्डे टाइम्सलाई दिएको अन्तरवार्तामा लगाएकी हुन् । गनीको यो आरोपका विषयमा अहिलेसम्म प्रधानमन्त्री बोरिस जोनसन वा डाउनिङ स्ट्रिटको तर्फबाट कुनै बयान आएको छैन । अर्कोतर्फ सरकारका चिफ ह्वीप मार्क स्पेसरले एक बयानमा यति स्वीकार गरेका थिए कि गनीले उनीमाथि व्यक्तिगत आरोप लगाएकी छिन् ।

स्पेसरलेले सामाजिक संजालमार्फत भनेका छन् ‘यो आरोप झुटो र अपमानजनक छ । मैले उनलाई कहिल्यै यो भनिन कि उनलाई मुस्लिम भएका कारण पदबाट हटाइयो ।’

गत वर्ष लकडाउनमा पार्टी गरेका कारण बोरिस जोनसन पहिले नै शाही परिवार र जनताको निशानामा थिए । पूर्व मुस्लिम महिला मन्त्रीको आरोपपछि उनको मुस्किल बढ्ने तय देखिएको छ । गनीका सहयोगीहरुले यो विषयमा उनले पुलिसमा केस दर्ता गराउने समेत बताएका छन् ।

सत्तामा आएपछि जोनसनमाथि लागेको यो सबेभन्दा गम्भीर आरोप हो । गनीले भनेकी छिन् ‘क्याबिनेटको पुनर्संरचनाको लागि डाउनिङ स्ट्रिटमा बैठक भएको थियो । यस क्रममा मलाई भनियो कि म मुस्लिम महिला भएका कारण मेरो क्याबिनेटका सातीहरुलाई समस्या हुन्छ ।’ गनी बेलायतको इतिहासमै पहिलो मुस्लिम महिला मन्त्री थिइन् ।

गनीले अन्तरवार्तामा भनिन् ‘ह्वीपको कुरा सुनेर म अवाक भएकी थिएँ, आश्चर्यमा थिएँ । मैले कहिल्यै सोचेकी थिइन कि मेरो धर्मले यस बारेमा कहाँ समस्या खडा गरिरहेको छ । म यो सोच्न बाध्य भएँ कि म सांसद पनि रहनु ठिक हुन्छ वा हुँदैन ।’ कन्जर्भेटिभ पार्टीमाथि पहिले पनि इस्लामोफोबियाको आरोप लागिसकेको छ ।

गत वर्ष मे महिनामा एक रिपोर्टमा पार्टीले मुस्लिममाथि भेदभावको केसमा सही कारवाही नगर्ने आरोप लगाइएको थियो । स्वयं जोनसनले गत वर्ष एक अन्तरवार्तामा ‘बुर्का लगाउने महिलाहरु लेटरबक्स जस्ता देखिन्छन्’ भनेका थिए । पछि उनले माफी मागेका थिए । विपक्षी लेबर पार्टीका नेता कियर स्ट्रेमरले भने ‘गनीले संगीन आरोप लगाएकी छिन् यसको तत्काल जाँच गरिनुपर्छ ।’डिसिनेपाल बाट

२०७८ माघ १०, सोमबार ०८:२० 0 Minutes 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।