२०७९ श्रावण ३१
  • काठमाडौँ

दु’र्घटनामा परेका विद्यार्थी भन्छन्- घुमाउँरो बाटोमा चालकले बस हाँकेका थिए

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ की बालिका वली मंगलबार बिहान ५ बजेतिर घरबाट निस्किइन्।

`उनी तुलसीपुर वडा नम्बर ६ बरूवा गाउँमा रहेको पब्लिक ज्ञानज्योतिमा पढ्छिन्।घरदेखि आठ किलोमिटर टाढा रहेको विद्यालय आउजाउ गर्न उनले स्कुल बस प्रयोग गर्छिन्।

मंगलबार बिहान पनि स्कुल बस चढेर उनीसहित साथीहरू विद्यालय जाँदै थिए। रा १ क ४३३ नम्बरको बसमा सवार उनीहरू केहीबेरमै दुर्घटनामा परे। उनी घाइते भइन्।

तीव्र गतिमा गुडिरहेको बस सर्राचोक नजिक घुमाउरो बाटो दु’र्घटनामा पर्यो। विद्यार्थीहरूका अनुसार घुमारो बाटोमा पनि बस ती,ब्र गतिमै थियो।

‘बस स्पिडमा थियो। घुमाउँरो बाटोमा चालकले स्लो गरेननन्, हाँके,’ दुर्घटनाका घाइते विद्यार्थी तुलसीपुर १५ का खगेन्द्र डाँगीले भने, ‘बस पल्टियो, रूवावासी चल्यो। अलि कम चोट लागेका साथीहरूले बसको सिसा फोडेर अरू साथीहरूलाई उद्धार गरे।’

उनकाअनुसार चालक सकुसल भए पनि घाइतेको उद्धार गरेनन्।
कतिखेर लुसुक्क भागेछन्,’ उनले भने। केहीबेरमा दु’र्घटनास्थलमा स्थानीय बासिन्दाहरू आएको र घाइतेको उद्धार सुरू गरेको उनी बताउँछन्।

केहीबेरमा प्रहरीहरू पनि घटनास्थल पुगेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहसहितको टोली दु’र्घटनास्थ’ल पुगेका थिए।

दु’र्घटनामा परेकी तुलसीपुर १५ की १८ वर्षीया छात्रा सम्झना केसीको मृ’त्यु भयो। उनलाई उपचारका लागि अस्पताल लगे पनि चिकित्सकहरूले मृ’त घोषणा गरेका थिए। बसले च्यापेकी उनको समयमै उद्धार हुन सकेको थिएन।

बिहान साँढे ५ बजेतिर बस दु’र्घटनामा परेको उनले बताए। बसमा ४० जना थिए। तीव्र गतिमा बस चलाएका चालकवि’रूद्ध विद्यार्थीले यसअघि नै विद्यालयमा जानकारी पनि दिएका थिए।

दु’र्घटनामा २७ जना विद्यार्थी घाइते छन्। ९ जनालाई थप उपचारका लागि बाँके पठाइएको छ। ११ जना घाइतेको राप्ति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

बसका सहचालक झापा हल्दिवारी १ का ३० वर्षका होमप्रसाद चापागाईं घाइते छन्। दु’र्घटनामा परेर छात्रा केसीको मृत्यु भएपछि आज दाङका सबै निजी विद्यालय बन्द छ। स्रोत setopati बाट

२०७७ चैत्र १०, मंगलवार १०:२३ 1 Minute 107 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।