२०७९ आश्विन २२
  • काठमाडौँ

कोटेश्वरबाट पठाओ राइडर नै…….

काठमाडौ । काठमाडौमा एक जना फठाओ राइडर लु’टिएका छन् । उनलाई हात बाँ’धे’र झा’डीमा फालिएको अवस्थामा फेला पारिएको हो । घटनामा सं’लग्न भएको अभियोगमा २ जना पक्राउ परेका छन् । पठाओ राइडरको मोटरसाइकल र मोवाइल लु’टिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुलीका २१ वर्षीय सुमन तामाङ र खोटाङको हलेसीका २६ वर्षीय मनराज राई रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोले पक्राउ गरेको हो । काठमाडौंको कोटेश्वरबाट धापाखेल जान लागेका सुमनले पठाओ बोलाएपछि प्रविन राई शनिवार राति करिब ११ वजे आएका थिए ।

उदयपुर गाईघाट घर भई काठमाडौंमा बस्ने २५ वर्षीय प्रविन राई बागमती प्रदेश ०२०(०१(००१ प ११६६ नम्बरको एनएस पल्सर मोटरसाइकल लिएर आएका थिए । सुमनले सानेपा जाने भनेपछि उनले कोटेश्वरबाट ललितपुर महानगरपालिका(२४ धापाखेलस्थित आँखीदहमा पुर्‍याइदिए।

तर त्यहाँ मिनराज राई पहिल्यै कुरेर बसेको र उनीहरु मिलेर घटना गराएको प्रहरीको भनाई छ । धापाखेल पुगेपछि त्यसपछि दुई जनाले मिलेर प्रविनलाई कु’टपि’ट गरेका थिए। कु’टपि’टपछि उनीहरूले प्रविनको हात पछाडिबाट बाँ’धि’दिएका थिए।

उनको मुखमा पनि पट्टी लगाएर सडकबाट तल एकान्त झाडीमा फा’ले’र दुबै जना मोटरसाइकल लिएर फ’रार भएको परिसरले जनाएको छ।

घटनाबारे प्रहरीलाई बिहान साढे १ बजे खबर आएपछि प्रहरी घटनास्थल पुगेको थियो । स्थानीयले आफ्नो घरको ढोका नजिकै मुखमा पट्टी लगाएको, हात पछाडि बाँ’धि’एको र शरिरका विभिन्न भागमा चो’ट लागेका व्यक्ति हा’रगुहा’र माग्दै आएको भन्दै प्रहरीलाई खबर गरेका थिए । अहिले राईको उपचार भइरहेको छ । प्रहरीले राईलाई पाटन अस्पताल भनाए गरेको छ ।

प्रहरीले अनुसन्धान गरी काठमाडौंको बलम्बुस्थित चन्द्रागिरि रिकन्डिसन सो रूममा मोटरसाइकल फेला पारेको थियो। त्यस्तै त्यही रिकन्डिसन सो रूममा मोटरसाइकल बेच्दै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएकोप्रहरीले जनाएको छ ।

२०७८ माघ ९, आईतवार २२:१९ 0 Minutes 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।