२०७९ आश्विन २१
  • काठमाडौँ

ललितपुरमा मध्यरातमा भएको त्यो घटना, ३०० बर्षको इतिहाँस केहीबेर मै सकियो

काठमाडौं : ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी भएको छ । तीन सय वर्ष पुरानो मूर्ति शनिबार राति चोरी भएको ललितपुर प्रहरीले जनाएको छ ।

मूर्ति चोरी भएको खबर थाहा पाउना साथ ऊर्जामन्त्री पम्फा भुसाल आइतबार बिहान घटनास्थलको निरीक्षण गर्न पुगेकी थिइन् । सुनाकोठी भुसालको निर्वाचन क्षेत्र पर्छ । मन्त्री भुसालले मूर्ति चोरीको भत्सर्ना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको जानकारी गराइन् ।

महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपी टेकबहादुर कार्कीका अनुसार शनिबार राती बालकुमारीस्थित मन्दिरबाट मूर्ति हराएको हो । बागमती प्रदेश सभाका सासंद राजकाजी महर्जनका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन् ।

उनले भने, मूर्ति चाही पित्तलको हो । तर हाम्रा जिजुबराजुको पालाको ।’ केही गहना भने लकर राख्ने गरिएको उनले बताए । मूर्ति रातको १ बजेदेखि २ बजेभित्र चोरी भएको महर्जनको भनाइ छ ।

उनका अनुसार करिब २० वर्षअघि यो मूर्ति कुर्न स्थानीय राति मन्दिरमा सुत्ने गर्दथे । समस्या आएपछि त्याहा मूर्ति कुर्न पनि छोडिएको थियो । बालकुमारी चौरमासमेत बालकुमारी मन्दिर रहेको छ । यस मन्दिरलाई पिठ मानिन्छ । पिठ मन्दिरलाई आमा मानिन्छ भने सुनाकोठी बजार क्षेत्रमा रहेको मन्दिरलाई छोरी मानिन्छ ।

हरेक वर्ष मंसिर र वैशासमा यस मन्दिरमा जात्रा लाग्ने गर्छ । डिएसपी कार्कीले प्रहरीले घटनास्थल पुगेर घटना विवरण लिए लगत्तै अनुसन्धान सुरु गरिएको बताए । ताजाखबर बाट

२०७८ माघ ९, आईतवार ०६:२४ 0 Minutes 201 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।