२०७९ आश्विन २१
  • काठमाडौँ

यसरी दुवै जना कपडा नै खोलेर रहस्यमय ढंगले कता हराए माधव र सिर्जना ?

धुलिखेल– काभ्रेको पनौती नगरपालिका वडा नं. ८ खरिबोटका माधव फुयाँल र नमोबुद्ध नगरपालिका ५ की सिर्जना भण्डारी कोइराला रहस्यमय ढंगले हराएका छन् ।

माधव यही माघ २ गते र सिर्जना माघ ३ गतेबाट घरबाट हराएका थिए । हिजो शुक्रबार भुम्लु गाउँपालिका ८ स्थित इन्द्रावती र सुनकोशी नदि दोभानको बगरमा ढुंगामाथि कालो जेन्स ज्याकेट, गाढा सुन्तला रंगको लेडिज कोट, कालो र खरानी रंगका जुत्ता, कालो लेडिज र जेन्स पर्स लगायतका सामग्री भेटियो ।

यी सामान भेटिएसँगै स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ती सामग्री माधव र सिर्जनाको रहेको पुष्टि भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ती सामान माधव र सिर्जनाको रहेको उनीहरुका आफन्तले पुष्टि गरेका हुन् ।

उनीहरुका सामान भेटिए पनि कता गए र उनीहरुको अवस्था कस्तो छ भन्ने पत्ता लाग्न सकेको छैन । दुबैजना एकसाथ एकैपटक किन बेपत्ता भए चासोको बिषय बनेको छ । माधव र सिर्जना दुबै विवाहित हुन् ।

यो पनि पढ्नु होस्

काठमाडौं । राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन निर्वाचन आयोगले भनेको छ ।

राप्रपालाई पत्रमा पठाउँदै आयोगलाई विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रनातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश हटाउन भनेको हो ।संविधानको प्रस्तावना एवं भावना प्रतिकुल भएकाले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउनुपर्ने आयोगले बताएको छ ।

त्यस्तै आयोगले राप्रपाको विधानको धारा ४ (क) मा उल्लेखित ‘झन्डाको मध्य भागमा गाई चिह्न भएको’ भन्ने वाक्यांश हटाएर सोहीबमोजिम अनुसूचीमा उल्लेख गर्न पनि भनेको छ। साथै, विधानको धारा ५.२ मा उल्लेखित सम्वर्द्धनवाद भन्ने शब्दलाई पनि परिभाषित गर्न भनेको छ।

उता निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको झण्डामा रहेको गाईको तस्बिर हटाउन निर्देशन दिएको प्रति पूर्व अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । गत माघ २ गते नै आयोगले पत्र पठाएर संशोधित विधान र नियमावली ७ दिनभित्र पेस गर्न पार्टीलाई निर्देशन दिएको थियो ।

उक्त पत्रको बारेमा वर्तमान नेतृत्वले हालसम्म लुकाएकोमा पनि थापाले असन्तुष्टि व्यक्त गरेका छन् ।नेपालको राष्ट्रिय जनवारको तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने भन्दै आयोगले राप्रपाको विधानको धारा ४(क) मा उल्लेखित झण्डाको मध्य भागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई सोही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न भनेको छ ।

त्यस्तै, विधानको प्रस्तावको बुँदा ४ मा उल्लेखित सनातन हिन्दुराष्ट्र एवम् राजसंस्थासहितको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको भावना तथा प्रस्तावनाविपरीत भएको भन्दै हटाउन आयोगले निर्देशन दिएको छ ।

२०७८ माघ ९, आईतवार ०४:१३ 0 Minutes 235 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।