२०७९ आश्विन २१
  • काठमाडौँ

जानी जानी कोभिड संक्रमण सारेकी गायीका हानाको मृत्यु (भिडियो हेर्नुस्)

काठमाडौ । कोभिडलाई सामान्य ठानेर आफूलाई जानीजानी संक्रमण सारेकी एक गायीकाको कोभिडकै कारण निधन भएको छ । चेक रिपब्लिककी एक गायिकाको मृत्यु भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । ५७ वर्षीया गायिका हाना होर्का पछिल्लो समय कोभिड–१९ विरुद्धको खोपको विरोध ¥यालीहरुमा सहभागी हुँदै आएकी थिएन् । उनले खोपसमेत लगाएकी थिइनन् ।

उनले आफू संक्रमित भएपनि निको हुँदै आएको बताएको दोस्रो दिन नै उनको मृत्युको खवर बाहिरिएको छ । ति गायिका परिवारका अन्य सदश्यलाई समेत संक्रमण भएको थियो । गायिकाका श्रीमान तथा छोराले कोभिड विरुद्वको खोप लगाएका थिए । उनीहरुको अपस्था समान्य रहेको जनाईएको छ ।

गायिका चेक रिपब्लिकको सबैभन्दा पुरानोमध्येको एउटा एसोनन्स समूहसँग आबद्ध थिइन्। गायिकाले आफूलाई सङ्क्रमण सार्न चाहेको पारिवारिक स्रोतले जनाएको छ । जानी जानी कोभिड सारेर आफै निको हुने योजनामा रहेकी उनको कोभिडकै कारण निधन भएको हो ।

यो पनि, प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ। बिहानैदेखि मौसमका कारण आन्तरिक उडान सामान्य प्राभावित भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ।

काठमाडौंबाट उडान हुने जिल्लाहरुमा बिहानैदेखि मौसम प्रतिकूल भएका आन्तरिक उडान हुन हुन नसकेको बताइएको छ। अन्तर्राष्ट्रिय उडान भने भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।यता, देशको पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार देशका केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
देशभर अझै चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

भिडियो हेर्नुस्

२०७८ माघ ८, शनिबार २३:१० 0 Minutes 92 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।