२०७९ आश्विन २१
  • काठमाडौँ

कप्तान सन्दीपलाई अर्को ठूलो सफलता

काठमाडौं:चर्चित क्रिकेट अनलाइन इएसपीएन क्रिकइन्फोले प्रदान गर्ने इएसपीएन क्रिकइन्फो अवार्डको एसोसिएट बलिङको मनोनयन सूचीमा नेपाली टिमका कप्तान सन्दीप लामिछाने परेका छन् । पाँच जनाको मनोनयनमा नामिबियाबाट तीन खेलाडी पर्दा नेपालका सन्दीप लामिछाने र नाइजेरियाका एकजना छन् ।

सन्दीपले गत सेप्टेम्बरमा ओमानमा भएको पपुवा न्यु गिनीविरुद्धको दोस्रो एकदिवसीयमा उत्कृष्ट प्रदर्शन गर्दै ११ रन मात्र खर्चेर ६ विकेट लिएका थिए । त्यही प्रदर्शनका आधारमा सन्दीप मनोनयनमा परेका हुन् । सन्दीपले ५.१ ओभर बलिङ गर्दा जम्मा ११ रन मात्र खर्चेर ६ विकेट लिएका थिए ।

सन्दीपको घातक बलिङ पछि ४४-३ को अवस्थामा रहेको पपुवा न्यु गिनी ८२ रनमै अलआउट भएको थियो । सन्दीपले एकदिवसीयमा दोस्रो पटक एकै खेलमा ६ विकेट लिएका हुन्

सन्दीपसँगै मनोनयनमा परेकामा नामिबियाका जान फ्राईलिंक, रुबेन ट्रम्पलमेन र जेजे स्मिथ छन् । यस्तै नाइजेरियाका पिटर आहो छन् ।

जान फ्राईलिंकले युएईविरुद्ध टी-२० मा २४ रन खर्चेर ६ विकेट लिएका थिए । यस्तै रुबेनले टी-२० विश्वकपमा स्कटल्याण्डविरुद्ध १७ रन खर्चेर ३ विकेट लिएका थिए ।

यस्तै जेजे स्मिथले विश्वकप लिग टु एकदिवसीय खेलमा ओमानविरुद्ध ५ विकेट लिएका थिए । नाइजेरियाका पिटरले टी-२० मा सियरा लियोनविरुद्ध ५ रन मात्र खर्चेर ६ विकेट लिएका थिए । एसोसिएट ब्याटिङमा भने नेपालबाट कुनै खेलाडी समावेश भएका छैनन् । हाम्रोखबर बाट

२०७८ माघ ८, शनिबार १२:४५ 1 Minute 100 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।