२०७९ आश्विन २१
  • काठमाडौँ

केपी ओलीले नियुक्त गरेका जागेश्वर गौतम पनि करोडौँको घो,टालामा मुछिए

काठमाडौं।

वीर अस्पतालको मेडिकल सामाग्री खरिद घोटालामा मुछि,एका डा. जागेश्वर गौतममाथि का,रबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले डा. गौतम लगायतमाथि छानबीन गर्न अख्तियारलाई सिफारिस गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला डा. गौतमलाई वीर अस्पतालको जिम्मेवारी दिएर पठाईएको थियो ।

तत्कालिन ओली नेतृत्वको सरकारले कोभिड १९ सम्बन्धी अध्यादेश नै ल्याएर डा. गौतमलाई वीर अस्पतालको प्रमुख कार्यकारी अधिकारीमा नियुक्त गरेको थियो ।

नियुक्ती पाएसँगै उनले आफ्ना व्यावसायीक साझेदार सुन्दर भुषाल समलग्न कम्पनिलाई करोडौँको मेडिकल सामाग्री खरिदको ठेक्का दिलाएका थिए । ठेकेदारकै योजनामा बायोमेडिकल इन्जिनियर भावना बराललाई समेत नियुक्ती दिएर गौतमले अनियमितता गरेका थिए ।

कोभिड १९ केन्द्रीय अस्पताल घाषित वीर अस्पतालको करिब १५ करोड रुपैयाँको ठेक्का अनियमिततामा उनी मुछिएका थिए । राष्ट्रिय सतर्कता केन्द्रले गत साउनमै वीर अस्पतालमा छापा मा,रेर कागजात जफत गरेको थियो ।

भुसाल समलग्न रहेको म्याक्सिम इन्कर्पोरेशनलाई गौतमले मिलेमतोमा १५ करोड मुल्यको ठेक्का दिएका थिए । खबर प्रवाह बाट

२०७८ माघ ८, शनिबार १०:०१ 0 Minutes 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।