२०७९ आश्विन २१
  • काठमाडौँ

नेपालमा आएर चो’री गर्ने सात भा’रतीय महिला चितवनबाट प’क्रा’उ

काठमान्डौ- विभिन्न मेला महोत्सव तथा भी’डभाडमा चोरी गर्ने सात जना भा’रतीय ना’गरिकलाई चितवन प्रहरीले प’क्रा’उ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारत गोरखपुरका २५ वर्षीया प्रियाङका देवी, २० वर्षीया अतिम्मा देवी, २५ वर्षीया पायल देवी, १८ वर्षीया नितु देवी, ३५ वर्षीया शिल देवी, ४० वर्षीया मञ्जु देवी र १८ वर्षीया आरोही भारती रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यही माघ १ गते दिउँसो १२:३० बजे शहीदचोकको फुटपाथमा सामान किनमेल गरिरहेको समयमा भरतपुर महानगरपालिका–१० का वसन्त गिरी र सीता गिरीको झोलमा रहेको रु छ हजार नगद र दुईवटा औँठी उनीहरुले चोरी गरेका थिए । ती औँठी रु ९४ हजार बराबरको रहेको प्रहरीले जनएको छ ।

उनीहरुले गिरी दम्पतीलाई घेरा हाली झोला समात्ने, अन्य कुरा गरी ध्यान भड्काउने जस्ता क्रियाकलाप गर्ने गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

उनीहरुको साथबाट दुई थान सुनको औँठी, रु छ हजार नगद र दुई थान एटिएम ब’रामद गरिएको उनले बताए ।

सोही स’मूहले त्यसै दिन भरतपुर महानगरपालिका–५ कल्याणपुरकी ७४ वर्षीया चन्द्रमायाँ श्रेष्ठको रु दुई लाख बराबरको सुनको सिक्री चो’री गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई चो’री मु’द्दामा चितवन जिल्ला अदालतबाट समय थप गरी अनुसन्धान सुरु गरिएको छ ।

भी’डभाड स्थल तथा सवारी साधनमा त्यस प्रकृतिका मानिसहरु देखिएमा सतर्क रहन र सो को जानकारी नजिकको प्रहरी कार्यालय वा १०० मा तत्काल कल गर्न समेत नागरिकमा प्रहरीले अनुरोध गरेको छ ।
नेपाल समाचार बाट

२०७८ माघ ७, शुक्रबार २२:३५ 1 Minute 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।