२०७९ आश्विन १८
  • काठमाडौँ

१९ वर्षीया किशोरीले एक्लै विमानमा विश्व घुमेर बनाइन् नयाँ कीर्तिमान

लन्डन । एकजना किशोरी पाइलटले एक्लै विमानमा विश्व घुम्ने पहिलो सबैभन्दा कम उमेरकी महिलाको कीर्तिमान बनाएकी छन् ।

उन्नाइस वर्षीया जारा रुथर्फाेर्डलाई यो लक्ष प्राप्त गर्न पाँच महिना लागेको छ ।

प्रतिकूल मौसमका कारण उनले आफ्नो मिसन सकाएर निर्धारित समय भन्दा दुई महिना ढिलो बेल्जियमको कोट्र्रिज्क वेभेल्जेममा विमान अवतरण गरेकी हुन् ।

यस ऐतिहासिक हवाई भ्रमणको क्रममा उनी अलास्काको नोममा एक महिना र रसियामा एकचालिस दिन फसेकी थिइन् ।

बेल्जियममा फर्कंदा विनचेस्टरको सेन्ट स्विथुन्स स्कूलकी पूर्व विद्यार्थी जारालाई उनको परिवारका सदस्य, पत्रकार र शुभचिन्तकहरूले स्वागत गरेका थिए ।एनले सार्क युएल अल्ट्रालाइट स्पोर्ट एयरक्राफ्ट उडाएकी हुन् । उनले गत १८ अगस्टमा यात्रा थालेकी हुन् ।

उनले पाँच वटा महादेशमा साठी वटा भन्दा बढि स्थानमा विमान अवतरण गरेकी थिइन् । बेलायती तथा बेल्जियम मूलकी जाराका आमाबुबा दुवै पाइलट नै हुन् ।

उनले आफुले अन्य महिलाहरूलाई एसटीईएम अर्थात विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसँग सम्बन्धित पेशामा लाग्न प्रोत्साहित गर्ने लक्ष लिएको बताउँछिन् ।

उनको यस चुनौतीपूर्ण तथा साहसिक अभियान सफल बनाउन ह्याम्फसायरस्थित उनको पूर्व विद्यालय र उनको सार्क युूल एयरक्राफ्ट निर्माण कम्पनी स्लोभाकियाको सार्कले प्रायोजन गरेका थिए । यसअघिको विश्वकिर्तिमानकर्ता तीस वर्षिया अ‍ेमरिकी महिला साएस्ता वाइज थिइन् ।

उनले सन् २०१७ मा विश्वभरि एक्लै विमान उडाएर कीर्तिमान राखेकी थिइन् । पुरुषतर्फ भने यस विधामा १८ वर्षीय किशोरको नाममा विश्व कीर्तिमान कायम छ ।

प्रतिकूल मौसम लगायत उडान र प्रवेश अनुमति पाउन आवश्यक कानुनी दस्ताबेज तयार गर्दा ढिलाइ भएका कारण जाराको अभियान पनि ढिलो सम्पन्न भएको हो । नेपाल समाचारबाट

२०७८ माघ ७, शुक्रबार ०९:५६ 0 Minutes 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।