२०७९ आश्विन २१
  • काठमाडौँ

Givina Magar जस्ले दूखी गरिबलाई सहयोग गर्न आफ्नै स्कूटर बेचीन, मन थामेर हेर्नुहोला, Givina magar tik(भिडियो सहित हेर्नु*होस)

Givina Magar जस्ले दूखी गरिबलाई सहयोग गर्न आफ्नै स्कूटर बेचीन, मन थामेर हेर्नुहोला, Givina magar tik(भिडियो सहित हेर्नु*होस)

कृपया यो पनि पुरा पढ्नुस् फोनपेको नयाँ रेकर्ड, एक महिनामै ५१ अर्ब बढीको कारोबार काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्कमार्फत पुस महिनामा मात्र ५१ अर्ब बढीको कारोबार भएको छ ।पछिल्लो समय विद्युतीय कारोबार तीव्र रूपमा बढिरहँदा फोन पे नेटवर्कले नयाँ रेकर्ड राख्न सफल भएको हो ।

पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रूपैयाँ बढीको कारोबार भएको कम्पनीले जनाएको छ ।फोनपेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताले क्यूआर कोड भुक्तानी, अन्तरबैंक रकम ट्रान्स्फर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानी लगायतका कार्यबाट यो रकम कारोबार भएको हो ।आधा खर्बभन्दा माथिको आँकडा पुरा गरेपछि सोमबार फोनपेले डिजिटल नेपाल निर्माणको साझा उद्देश्य पुरा गर्न सहयोगी भूमिका खेल्ने फोनपेका सदस्य बैंक, वित्तीय संस्था र डिजिटल वालेटलाई धन्यवाद दिएको छ ।

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु. १० मै सहज रुपमा रकम पठाउन सकिन्छ ।साथै मर्चेन्टले निःशुल्क क्यूआर प्राप्त गर्न सक्छन् भने ग्राहकले भुक्तानी गर्दा पनि कुनै शुल्क लाग्दैन ।फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एपमा रहेको ‘सेन्ड मनी’ अप्सनमा गई फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ ।

२०७८ माघ ७, शुक्रबार ०१:०८ 1 Minute 236 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।