२०७९ आश्विन २१
  • काठमाडौँ

समिक्षा पल विवाद के हो ? समिक्षाले चेतावनी दिँदै भनिन्, ‘अब समय आउँदैछ एथार्थ खुलाउनेछु’

काठमाडौ । पछिल्लो समय गायनमा आएकी समीक्षा अधिकारी विवादित पनि बनेकी छन् । खासगरी उनी अभिनेता पल शाहसंगको स म्ब न्धलाई लिएर विवादित बनेकी हुन् । उनीहरुबीच विवाहको चर्चा चलेको र उनी नाबालिका भएका कारण पलले करोडौं रुपैया दिएर समीक्षालाई मनाएको चर्चा चलेको थियो । मिडियामा यसवारे निकै धेरै समाचार आएपछि समिक्षाले सामाजिक सञ्जाल फेसवुकमा लामो सटाटस लेख्दै आफुहरुका बारेमा भएका यस्तो चर्चा गलत भएको बताएकी थिइन् ।

अक्टोवर २४ मा उनले पल र आफ्ना बारेमा आएका समाचारको खण्डन गरिन् । पललाई आफ्नो अभिभावक हुन् भनिन् । तर अहिले फेरी समिक्षाले त्यो स्टटास कसैको अनुनयमा राखेको र पल र आफ्नो स म्ब न्ध स्टटासमा भनिए जस्तो नभएको अर्को स्टटास लेखेकी छन् ।

गएको कात्तिक ७ गते (अक्टोबर २४) लेखेको आफ्नै स्टाटसको खण्डन गर्दै अर्को स्टटास लेखिन् । यो पटक लेखेको उनको स्टटास निकै छोटो थियो । तर त्यो स्टटासमा भनिए जस्तो आफुहरुको स म्ब न्ध नभएको र वास्तविकता अर्कै हो भन्दै समय आएपछि बताउने चेतावनी पनि दिइन् ।

उनले बिहीबार गत अक्टोबर २४ मा पलको सफाई दिँदै लेखेको स्टाटस कसैको दवाबमा लेखेको बताएकी छिन्। उनले सोही स्टाटसको स्क्रिन स र्ट राख्दै लेखेकी छिन्, ‘म लामो केही भन्दिन, मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिए। अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।’ तर उनले यो स्टटास लेखेको ८ मिनेटमै हटाएकी छन् ।

उनले फेरी लेखेको यो स्टटास केही मिडियाले स्कृन स र्ट राखेका थिए । अहिले त्यही स्कृन स र्ट सामाजिक सञ्जालमा पनि भाइरल भएको छ । केही समय पहिला सम्म निकै नजिक रहेका पल र समिक्षाबीच फेरी समस्या उत्पन्न भएको आँकलन गर्न सकिन्छ ।

कोभिड महामारीका बेलामा सामाजिक काममा सकृय पल जहाँ जान्छन् समिक्षा पनि त्यहीँ देखिन्थिन् । उनले पललाई वास्तविक नायक भन्दै निकै प्रशंसा गरेर स्टाटस पनि लेखेकी थिइन् । ति स्टटास अहिले पनि उनका फेसवुकमा छन् । तर समिक्षाले लेखेको पछिल्लो स्टटासले उनीहरुबीच फेरी समस्या उत्पन्न भएको अनुमान लगाउन सकिन्छ । ताजाखबर बाट

२०७८ माघ ६, बिहीबार १९:१८ 0 Minutes 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।