२०७९ असार १४
  • काठमाडौँ

सल्यानमा करेन्ट लागेर टेलिकमका कर्मचारी गम्भीर घाइते, हेलिकप्टरमा काठमाडाैं लगियाे

चैत ८, सल्यान ।
नेपाल टेलिकम सल्यानका कर्मचारी ४५ बर्षिय लाेकमान ओली करेन्ट लागेर गम्भीर घाइते भएका छन् ।

आज दिउँसाे छत्रेश्वरी गाउँपालिकाकाे भाेटेचाैरमा टेलिफाेन जडान गर्ने क्रममा उनलाइ करेन्ट लागेकाे हाे । करेन्ट लागे लगतै छत्रेश्वरी गाउँपालिकाकाे एम्बुलेन्समार्फत उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकाे थियाे ।

जिल्ला अस्पताल सल्यानबाट उनलाइ थप उपचारका लागि नेपाली सेनाकाे हेलिकप्टरमार्फत काठमाडाैं रिफर गरिएकाे छ । घाइते ओलीकाे छाती, खुट्टा लगाएतकाे शरिरकाे भाग जलेकाे छ ।

छत्रेश्वरी गाउँपालिकाकाे कृषि भेटनरी कार्यालयमा टेलिफाेन जडान गर्न घाइते ओली सँगै अर्का एकजना कर्मचारी पनि गएका थिए । ओलीले टेलिफाेन तारकाे एकातिरकाे भाग समातेका थिए भने अर्का कर्मचारीले तारकाे अर्काे भाग समातेर बिजुलीकाे तारभन्दा माथीबाट अर्काे साइटतिर फाल्दै थिए ।

साेहि क्रममा उक्त तारले ३३ केबी प्रशारणकाे बिजुलीकाे नांगाे तारलाइ छुँदा एक साइटकाे तार समातेका ओलीलाइ करेन्ट लागेकाे बताइएकाे छ । घाइते ओली छत्रेश्वरी गाउँपालिका २ दहखाेला साउनेपानी घर भइ हाल श्रीनगरमा बसाेबास गर्दै आएका छन् । स्रोत लेकाली अनलाइन बाट

२०७७ चैत्र ९, सोमबार ००:४६ 0 Minutes 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार