२०७९ आश्विन २१
  • काठमाडौँ

काष्ठमण्डप विवाद : गोरखनाथको मूर्तिबारे बुझ्न हनुमानढोका पुगे ज्ञानेन्द्र शाही ( भिडियो सहित ) हेर्नुस्

काठमाडौं । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही हनुमानढोकास्थित ‘हनुमानढोका दरबार हेरचाह अड्डा’ पुगेका छन् । सोमबार काष्ठमण्डपको गोरखनाथ मूर्ति परिवर्तन गरिएको र चार गणेश बेवारिसे अवस्थामा राखिएको भन्ने बारेमा बुझ्नका लागि अभियन्ता शाही त्यहाँ पुगेका हुन् ।

मूर्तिको बारेमा जानकारी गराउँदै हेरचाह अड्डाले काष्ठमण्प पुनः निर्माणको क्रममा नयाँ मूर्ति राखिएको र त्यसमा दुई मत नभएको जनाएको छ । हेरचाह अड्डाले भनेको छ, ‘पुरातत्व विभागबाट कुनै पनि आयोजना सञ्चालन गर्नका लागि परियोजना प्रमुख छुट्याइएको हुन्छ । र, त्यो कार्यक्रमको लागि तोकिएको परियोजना प्रमुखले आजका दिनसम्म पनि हेरिराख्नु भएको छ । त्यहाँ गइराख्नुभएको छ, मिटिङहरुमा उहाँको सहभागिता छ ।’

हेरचाह विभागले थप भनेको छ, ‘कार्यालयको तर्फबाट हेर्ने हो भने नयाँ मूर्ति फेरिएको भन्ने जुन मिडियामा आयो, त्यो भन्दा अगाडि नै हामीले जानकारी पाएका थियौं । र, त्यसको जानकारी पुरातत्व विभागमा गरिसकेका छौं । मूर्ति अहिले पनि तपाईहरु हेर्न चाहनुहुन्छ भने यहाँहरुलाई देखाउन सक्छौं । त्यसपछि मूर्ति कस्तो छ ? भन्ने तपाईहरु आफै निर्णय लिन सकिहाल्नुहुन्छ ।’

त्यस्तै हेरचाह विभागले मूर्ति सम्बन्धी पुरातत्व विभागको विश्व सम्पदा शाखामा सम्पर्क राख्दा अझ डिटेल्समा जानकारी हुने जनाएको छ । यसका साथै विभागले तोकेको आयोजना प्रमुखले हालै मूर्तिको सम्बन्धमा प्रतिवेदन पनि बुझाएको बताइएको छ ।

विभागले भनेको छ, ‘त्यसको आधिकारिक जानकारी हामी कहाँ आइसकेको छैन । यो विषयमा थप जानकारीका लागि पुरातत्व विभागको विश्व सम्पदा शाखामा जानुभयो भने पाउनुनै हुन्छ । र, कार्यालयको हकमा भन्नुहुन्छ भने हामीले तपाईहरुलाई मूर्ति देखाउन तयार छौं । मूर्ति सुरक्षित रुपमा राखेका छौं, हाम्रो भण्डारणमा । र भोलिका दिनमा त्यसलाई कहाँ राख्न सकिन्छ ? कसरी सुरक्षित राख्न सकिन्छ ? भन्ने कुरा चाँहि आपसी छलफलकै कुरा रहला ।’

हेरचाह अड्डासँग जानकारी लिइसकेपछि अभियन्ता शाहीको टोलीले मूर्तिहरुको अवलोकन गर्नुका साथै त्यहाँ सुरक्षित राखिएको राजा महेन्द्रलाई बम हानिएको गाडीको समेत अवलोकन गरेको थियो । अवलोकनका क्रममा अभियन्ता शाहीले उक्त मूर्तिहरु बहुमूल्य रहेको र अझैं सुरक्षित गरेर राख्नुपर्ने बताए ।

त्यसोत, काष्ठमण्डप पुनःनिर्माणको क्रममा गोरखनाथको मूर्ति परिवर्तन गरिएको बारेमा सर्वोच्च अदालतले समेत पुरातत्व विभागको नाममा कारण देखाउ आदेश जारी गरिसकेको छ ।

थप जानकारीका लागि भिडियो हेर्नुहास्…

२०७८ माघ ५, बुधबार ०१:३६ 0 Minutes 249 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।