२०७९ आश्विन २१
  • काठमाडौँ

अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृ’त फेला

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन्। न्यु साउथ वेल्समा गैर आवासीय नेपाली संघले गोफण्डमिका अनुसार सुस्मिता कपाली नाम गरेकी नेपाली विद्यार्थी अष्ट्रेलियामा मृ’त फेला परेकी हुन्।

उनको मृत्युको विषयमा अहिले न्यु साउथ वेल्सको प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी सन् २०२० को फेब्रुअरी महिनामा अध्ययनका लागि अष्ट्रेलिया पुगेकी थिइन्।

नेपालको कीर्तिपुरमा घर भएकी उनको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकोले श’व नेपाल ल्याउन खर्च उठाइरहेको विक्रम दाहालले बताएका छन्। अहिलेसम्म उनको शव नेपाल ल्याउन १६ हजार अष्ट्रेलियन डलरभन्दा धेरै रकम संकलन भइसकेको छ। ताजाखबर बाट

२०७८ माघ ३, सोमबार ०९:४० 0 Minutes 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।