२०७९ आश्विन २१
  • काठमाडौँ

खुल्यो मलेसिया ! श्रमिकको सबै खर्च रोजगारदाताले नै बेहोर्ने !

काठमाडौँ : मलेसियाले नेपालसहित देशबाट श्रमिक भर्ना गर्नका लागि रोजगारदाताहरूले आवेदन खुला गर्ने भएको छ । मलेसियाका मानव संसाध’न मन्त्री सेरी साराभनानले मंगलबार

प्रेस विज्ञप्ति जारी गर्दै नेपालसहितका स्रोत मुलुकबाट
श्रमिक भर्ना प्रक्रिया छिट्टै खुला गर्ने जनाएका हुन् ।
निकट भविष्यमा नै रोजगारदाताहरूले स्रोत देशबाट श्रमिक भर्नाका लागि अनलाइनबाट आवेदन दिने व्यवस्था

मिलाएको छु,’ उनले भनेका छन्, ‘रोजगारदाताले आवेदन दिनका लागि बिचौ-लिया वा तेस्रो पक्षलाई अनावश्यक खर्च नगर्न अनुरोध गर्दछु ।’ विदेशबाट श्रमिक भ’र्नाका लागि रोजगारदाताले मानव संसाधन मन्त्रालयबाट अनुमति लिएपछि मात्रै म्यानपावर कम्पनीका लागि मागपत्र बनाउन पाइन्छ ।

रोजगारदाताले कुन देशबाट कति श्रमिक ल्याउने भनेर मन्त्रालयबाट अनुमति लिनुपर्छ । त्यो आवेदन लिने कार्य डेढ वर्षदेखि रोकिएको छ । मलेसियाले २०७६ को चैतको पहिलो सातादेखि नेपालबाट श्रमिक भर्ना गरेको छैन ।

मन्त्री सारभनानले आवश्यक श्रमिक मात्रै माग गर्न अनुरोध गरेका छन् । मलेसियाले गत डिसेम्बर १० तारिख श्रमिकको अभाव भएको भन्दै स्रोत देशबाट कृषि, उत्पादन, सेवा, नि’र्माण र घरेलु श्रमिकमा श्रमिक आपूर्ति गर्न अनुमति दिने निर्णय गरेको थियो ।

त्यो निर्णयलाई कार्या’न्वयन गर्न १४ डिसेम्बरमा मापद’ण्ड (एसओपी) बनाएको थियो । एसओपीअनुसार मलेसिया पुगेपछि भने श्रमिकहरू सरकारबाट अनुमति प्राप्त क्वारे’न्टिनमा सात दिन बस्नुपर्नेछ । श्रमिकहरू क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै

प्रवेश गर्न पाइनेछ । मलेसियाले श्रमिकको सबै खर्च रोजगारदाताले नै बेहो’र्नुपर्ने व्यवस्था मिलाएको छ ।
नयाँ श्रमिक जान नपाएपछि मलेसियामा नेपालीको संख्या दिनहुँ घ’टिरहेको छ ।

नेपालसहित विदेशी श्रमिक भ’र्ना गर्न नपाएपछि मलेसियामा अलेख’बद्ध (गैर’कानुनी हैसियत) मा कार्यरत श्रमिकलाई कानुनी हैसियत प्रदान गरी रोजगार दिने नीति ल्याएको थियो । यो नीतिमा नेपाली श्रमिक आक’र्षित हुन सकेनन् । कम्तीमा १० हजार अलेखबद्ध नेपाली श्रमिक स्वदेश फिरिसकेका छन् ।
-कान्तिपुरमा समाचार छ ।

२०७८ माघ २, आईतवार २०:१७ 1 Minute 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।