२०७९ आश्विन १४
  • काठमाडौँ

साथीको मृत्यु भएपछि…..

काठमाडौं । दक्षिण अमेरिकी देश इक्वाडोरमा मानिसहरु त्यतिबेला आश्चर्यमा परे जब एउटा समूहले आफ्ना एक साथीको ला’श मोडरसाइकलमा लिएर सहर घुमिरहेको देखियो । यी साथीहरुले आफ्ना साथीको ला’श चिहान ख’ने’र बाहिर निकाले । त्यसपछि ला’शलाई मोटरसाइकलमा राखे र सडकमा घुम्न निस्किए । यो दृश्य देख्ने जो कोही आश्चर्यमा परे ।

डेलीस्टारको रिपोर्टअनुसार २१ वर्षका एरिक स’डे’नो नामका युवकको हालै मृत्यु भएको थियो । त्यतिबेला एरिकका साथीहरु उनको अन्तिम संस्कारमा आउन पाएका थिएनन् । मृतक एरिक स’डेनोलाई बाइक राइड निकै मन पर्थ्यो । यही कारण उनका साथीहरुले यस्तो विचित्रको काम गरे ।

उनीहरुले एरिकको शव चिहान ख’ने’र निकाले र उनको बाइक राइडको चाहना पूरा गरे । यसो गर्नको लागि मृतकका परिवारको अनुमति लिइएको थियो । श’वलाई बा’इकमा राखेर रा’इड गराइयो । मानिसहरुले यसको फोटो र भिडियो खिचे ।

रिपोर्टका अनुसार सडकमा करिब ७ जनाको एक समूह बाइकमा ला’श लिएर सडकमा नि’स्कि’एका थिए । एउटा बाइकमा तीन जना बसेका थिए । उनीहरुको बीचमा शव राखिएको थियो ।

यी साथीहरुले आफ्ना साथीको अन्तिम इच्छा पूरा गरिरहेका थिए । उनीहरुले चिहानमा र’क्सि पनि छ’र्कि’एका थिए । स्थानीय मिडियाका अनुसार इक्वाडोरमा यस प्रकारको यो पहिलो घटना हो ।

२०७८ माघ २, आईतवार १६:२३ 0 Minutes 182 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।