२०७९ आश्विन २२
  • काठमाडौँ

धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियारमा उजुरी

चितवन, माघ २ । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा लागेको धुर्मुस सुन्तली फाउण्डेशनवि’रु’द्ध अख्तियार दु’रु’पयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आयोजना बीचमानै अलपत्र पारेको खर्च सार्वजनिक नगरेको भन्दै सत्यतथ्य छानविन गर्न माग गर्दै उ’जु’री परेको हो ।

बागमाती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेटका राष्ट्रिय प्रशिक्षक (एनआएस) अनिल अधिकारीले उनीहरुवि’रु’द्ध आर्थिक अपचलन र ठ’गी गरेको भन्दै प’क्रा’उ गरी छानविन गर्न माग गर्नुभएको
छ ।

चितवनको भरतपुर १५ मा अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माण गर्ने भन्दै रकम उठाएर फाउण्डेसनले निर्माणकार्य अपूरो छोडेको छ ।अधिकारीले भन्नुभयो, ‘हामीले पटक पटक मा’प’द’ण्ड र लागतमा ध्यानाकर्षण गरायौँ तर उहाँहरुले सुन्नुभएन। अहिले आयोजना अलपत्र पार्ने र कति रकम उठ्यो भन्नेसम्मको पारदर्शी हिसाबकिताब सार्वजनिक नगरेपछि उ’जु’री दिएको हुँ ।’

उ’जु’री अधिकारीले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंमा दर्ता गराएको जानकारी दिनुभयो ।फाउण्डेसनले पर्याप्त आर्थिक स्रोत नभएको भन्दै रंगशालाको जिम्मेवारी लिन भरतपुर महागनरपालिकालाई पत्राचार गरिसकेको छ । तर कामको मूल्याङ्कन गर्दा जम्मा १४ प्रतिशत काम सकिएको इन्जिनियरको प्रतिवेदन रहेको बताइएको छ । हाल कुनै काम भएको छैन ।इमेजखबरबाट

२०७८ माघ २, आईतवार ११:४० 0 Minutes 273 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।