२०७९ आश्विन १४
  • काठमाडौँ

सुर्खेतमा एकै परिवारका ४ जनाको मृ’त भेटिए !

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चार जना मृ’त अ’वस्थामा भेटिएका छन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृ’त अ’वस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार मृ’त्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पाका दाइ मानबहादुर बुढाका छोरा ५ वर्षीय सोमराज बुढा मृ’त अ’वस्थामा भेटिएका हुन् ।

मृ’त’क कल्पाका श्रीमान कृष्ण बुढा जाजरकोटमा मेडिकल चलाउँदै आएका छन् । वीरेन्द्रनगरमा ७७ वर्षीय ससुरा बिरबहादुर बुढासँगै कल्पा, दुई छोरा र भदै बस्दै आएको प्रहरीले जनाएको छ ।
शुक्रबार बेलुका चारै जना खाना खाएर एउटै कोठामा सुतेका थिए ।

घरका कल्पनाका ससुरा शनिबार विहानै बृद्धाश्रम गएका थिए। बेलुका छ बजेतिर फर्केर आउँदा बुहारी र नातिहरुलाई नदेखेपछि उनी बुहारी र नातिहरु सु’ति’रा’खे’को कोठामा गएका थिए। ढोका लगाएको भित्रबाट आवाज नआएपछि उनले प्रहरीलाई खवर गरेका थिए।

प्रहरी साढे सात बजेतिर घटनास्थल पुगेको थियो। जनप्रतिनिधि र स्थानीयको रोहवरमा प्रहरीले घरको ढो’का फो’डे’को थियो। खा’ट’मु’नि को’इ’ला बालेको देखियो, मृ’त’क चारै जनाको मु’ख’मा फि’ज थियो ।

चिसोमा को’इ’ला बा’लेर सुतेका कारण नि’सा’सि’ए’र मृ’त्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । कल्पाका श्रीमान कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन्। उनी आएपछि मात्रै घटनास्थल मुचुल्का गर्ने प्रहरी जनाएको छ। घटनाको कारण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ । टाइम्स खबर बाट

२०७८ माघ २, आईतवार ००:४१ 0 Minutes 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।