२०७९ आश्विन २१
  • काठमाडौँ

वर्षाले किन हटाएकी थिइन् श्रीमान सँगको फोटो ! कतै समन्धमा चिसोपन त आएन ?

अभिनेत्री वर्षा राउत र अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालाबीचको सम्बन्ध धेरैका लागि उदाहरण हो । उनीहरुले ६ वर्ष लामो प्रेम सम्बन्धलाई चार वर्षअघि विवाहमा परिणत गरेका हुन् ।

वर्षा चलचित्रको काममा बढी व्यस्त छिन् भने सञ्जोग आफ्नो व्यवसायमा नै सक्रिय छन् । इन्स्टाबाट सञ्जोगसँगका अधिकांश तस्वीर हट्नुले उनीहरुको सम्बन्धमा कतै चिसोपना आएको त होइन भन्ने अड्कल

एकाएक अभिनेत्री वर्षा राउतको इन्स्टाग्रामबाट भने केही दिन पहिला सञ्जोगसँगका अधिकांश तस्वीर हटाइन् । वर्षाले सञ्जोगसँग खेलेका विज्ञापनका भिडियो र फोटो बाहेक दुई जनाका अन्य तस्वीर हटाएपछि फिल्मी बजार तात्यो ।

वर्षाको इन्स्टाबाट सञ्जोगसँगका अधिकांश तस्वीर हट्नुले उनीहरुको सम्बन्धमा कतै चिसोपना आएको त होइन भन्ने अड्कल उनीहरुका फ्यानहरुले लगाए । सामाजिक संजाल तथा युट्युवमा डिभोर्सको संकेत त होइन् भन्दै खबरहरू बाहिरिए ।

तर, समाचार सार्वजनिक भएसँगै वर्षाले फेरि सञ्जोगसँगका केही तस्वीर इन्स्टाग्राममा राखेकी छन् । उनले सञ्जोगसँग झगडा परेको बेलामा आफूले अर्काइभमा फोटो राखेको प्रतिक्रिया दिएकी थिइन् ।

वर्षाले सामाजिक सञ्जालमा तस्वीर मात्र होइन, सञ्जोगको भिडियो पनि स्टोरीमा राखेकी छन् । उनले सञ्जोगको खुशी हुँदै गरेको भिडियो खिचेर स्टोरीमा पोष्ट गरेकी छन् ।

२०७८ माघ १, शनिबार ०९:४२ 0 Minutes 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।