२०७९ आश्विन २१
  • काठमाडौँ

आफ्नो रुढीबादी सोचलाई बदल्दै साउदी अरब, महिलाहरुको रुप देख्दा दुनियाँ चकित !(तस्वीरहरु)

काठमाडौं : साउदी अरेबियाले महिलाहरुप्रतिको आफ्नो रु-ढीवादी सोचलाई बदल्दैछ । अब उसले महिलाहरुलाई ऊँटहरुको लागि आयोजित एक प्रतियोगितामा भाग लिन अनुमति दिएको छ ।

ऊँटहरुको सौन्दर्य प्रतियोगिता ‘शिप्स अफ द डेजर्ट’मा इतिहासमै पहिलो पटक साउदीमा महिलाहरुले ऊँटमा चढेर परेड गरे । ऊँटको यो सौन्द-र्य प्रतियोगिता किंग अब्दे-लअजीज फेस्टिभलको एक हिस्सा थियो जसमा यसअघि केवल पुरुषहरु मात्र सहभागी हुन्थे ।

साउदी अरेबियाको राजधानी रियादबाट उत्तर-पूर्व रुमा मरुभूमिमा आयोजित यो प्रतियोगिताको हिस्सा बनेर महिलाहरु निकै खुसी छन् । २७ वर्षकी ला-मिया अल रशीदीले समाचार एजेन्सी एएफपीसँग भनिन् ‘म आशा गर्छु कि इंशाअल्ला-ह हामीले समाजमा प्रतिष्ठा निश्चय पाउनेछौं ।’ रशीदीको परिवारमा ४० ऊँट छन् र उनी ऊँटहरुको बीचमै हुर्किएकी हुन् ।

प्रतियोगितामा भाग लिनको लागि उनले आफ्नो अनुहारलाई कालो स्का-र्फले पूरै ढाकेकी थिइन् । काँधमा रंगीबि-रंगी शल झण्ड्या-एकी थिइन् । उनले एएफपीसँग भनिन् ‘जब म सानी थिएँ त्यतिबेलादेखि नै मेरो ऊँटमा रुची छ । जब यो प्रतियोगितामा महिलाहरुले भाग लिन पाउने घोषणा गरियो, मैले यसमा भाग लिने निश्चय गरें ।’

महिलाहरुको प्रतियोगितामा ४० जना महिला प्रतियोगीहरुले भाग लिए र टप ५ जना महिलाहरुलाई १ मिलियन रियाल (३ करोड १५ लाख रुपैयाँ) पुरस्कार दिइयो । यो प्रतियोगितामा भाग लिने ऊँटहरुको सुन्दरतालाई कैयौं मापद-ण्डमा मूल्यांकन गरिन्छ ।

ओठ, घाँ-टी र पि-ठ्युँमा हुने डल्लोको आकारलाई मुख्य रुपमा हेरिन्छ । डिसेम्बरमा कैयौं प्रतियोगीहरुलाई यो प्रतियोगिताको लागि अयोग्उ घो-षित गरिएको थियो किनकि उनीहरुको ऊँटलाई प्रतिबन्धित बोटोक्स इन्जेक्सन लगाइएको थियो । यो इन्जे-क्सन अनुहारको चा-उरी कम गर्नको लागि प्रयोग गरिन्छ ।

यो समारोहमा एक समय त यस्तो समेत आयो कि रातो बालुवामा घोडामा चढेका कालो कपडा लगाएर परेड गरिरहेका महिलाहरु ऊँटमाथि सेतो कपडा लगाएर सवार पुरुषहरुभन्दा अगाडि गए । खासमा तर-वार लिएका पुरुषहरु ढोलकको थापमा नाच्न लागे जसका कारण उनीहरु पछि छुटे र महिलाहरु अगाडि पुगे ।

तेलको धनी यो खाडी देश इस्ला-मका नियमको कडाइका साथ पालन गर्छ । तर, २०१७ मा क्राउन प्रिन्स मोह-म्मद बिन सलमान सत्तामा आएपछि व्यापक सुधार गरिएका छन् र महिलाहरुमाथि लगाइएका कैयौं प्रतिबन्धहरु हटाइएका छन् ।
यो प्रतियोगिताका म्यानेजर मोहम्मद अल हरबीले भने ‘महिलाहरु सधैं खानाबदोश समाजका अभिन्न अंग रहिआएका छन् । उनीहरु ऊँटका मालिक हुन् र ऊँटहरुको हेरचाह गर्दै आइरहेका छन् ।’

साउदीको यो ४० दिने उत्सवको सुरुवात गत महिना भएको थियो । म्याने-जर अल हरबीले यो प्रतियोगितामा महिलाहरुलाई सहभागी गराउने निर्णय साउदी अरबको ऐतिहासिक विरा-सतलाई मध्यनजर गर्दै गराइएको बताए । यो प्रतियोगितामा ७ वर्षकी मालाथ बिन्त इनादले पनि भाग लिइन् जो यो प्रतियोगिताकी सबैभन्दा कान्छी प्रतियोगी हुन् । उनको ऊँटले प्रतियोगितामा तेस्रो स्थान हासिल गर्यो । -डिसि नेपाल बाट

२०७८ पुष ३०, शुक्रबार १९:२६ 1 Minute 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।