२०७९ आश्विन २२
  • काठमाडौँ

भ्यानभित्र २८ वटा मानिसका खप्पर र १० वटा खुट्टा भेटेपछि सशस्त्र प्रहरी नै झस्कियो

मोरङ । मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट असोज १८ गते राती सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंकास्पद मानव हड्डि जस्तो देखिने बस्तु र एउटा भ्यान बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको को १ च ९६४८ नम्बरको मारुती भ्यानका चालकले डिउटीमा खटीएको सशस्त्र प्रहरीलाई टाढैबाटै देख्नासाथै उक्त भ्यान ब्याक गरी उक्त भ्यान छाडी चालक फरार भएपछी सो भ्यानभित्र जाँचगर्दा बोरामा लुकाई छिपाई राखेको अवस्थामा २८ वटा खपडा र खुट्टाकोहड्डि जस्तो देखिने बस्तु १० वटा फेला परेपछि उक्त भ्यान समेत बरामद गरिएको हो ।

बरामद भएका उक्त हड्डिहरु रानी हेल्थ डेक्सका चिकित्सक मेडीकल अधिकृत कमल किशोर यादव तथा डिभिजन वन कार्यालय विराटनगरका वन अधिकृत प्रमेश्वर पासवानको टोलीले निरिक्षण गर्दा उक्त बस्तु मानव खप्पर तथा हातखुट्टाको नली हाड हुनसक्ने बताएका छन् ।

बरामद हड्डि तथा भ्यान आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । काठमाडौ आज बाट

२०७८ पुष २७, मंगलवार १७:४४ 0 Minutes 361 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।