२०७९ आश्विन २१
  • काठमाडौँ

सुजैन खानलाई ओमिक्रोन संक्रमण

काठमाडौं । बलिउडका सुपरस्टार ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानलाई कोरोना भाइरसको ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

सुजैन खान आफैले सोसल मिडियामार्फत् आफूलाई कोरोनाको ओमिक्रोन संक्रमण भएको जानकारी गराएकी हुन् ।

सोसल मिडिया इन्स्टाग्राममा उनले भनेकी छन्, ‘कोरोना भाइरसलाई विजयी प्राप्त गरेको दुई वर्षपछि यो जिद्दी ओमिक्रोन भेरियन्टले मेरो रोग प्रतिरोधात्मक क्षमतालाई नष्ट गरिदियो ।

सोमबार राति मेरो टेस्ट पोजेटिभ आयो । कृपया सुरक्षित रहनुहोस् र आफ्नो ख्याल राख्नुहोस् । यो धेरै संक्रामक छ ।’

उक्त पोष्टमा सुजैन खानकी साथी र फ्यानहरुले स्वास्थ्य लाभको कामना गरेका छन् ।

२०७८ पुष २७, मंगलवार ०९:५३ 0 Minutes 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।