२०७९ आश्विन २१
  • काठमाडौँ

फ’रार भएकि श्रीमती आफुलाई अ’त्या’चार भएकोले घर छोडेको भन्दै मिडियामा(भिडियो हेर्नुस)

केही समय अघि सुनसरीको धरान बस्दै आएका नाम्जा भोटे आफ्नी श्रीमती बिगत ८ महिना देखि सम्पर्क बिहिन भएको भन्दै मिडियामा आएका थिए । श्रीमती तारा राईको खोजी कार्यका लागि सहयोग गरिदिन भन्दै उनी मिडिया आए पछि उनको भिडियो बाहिरिएको थियो ।

माइती दिदिलाई पुर्याउन जान्छु भनेर हिडेकी श्रीमती घर फर्केर नआएको भन्दै नाम्जा खोजी गर्दै आएक थिए । अहिले भने तारा राई टेलीफोनमा सम्पर्कमा आएकी छिन । मिडियाको सम्पर्कमा आएकी ताराले आफू हराएको नभै श्रीमानको व्यावहार सहन नसकेर घर छोडेर माइती गएको ताराले बताएकी छिन् ।

आफू माइती गएको बेला पनि श्रीमान नाम्जालाई सम्पर्क गरेको ताराले बताएकी छिन । सम्पर्क बिहिन भएको भन्दै श्रीमान नाम्जाले आफुलाई झुटो आरोप लगाएको ताराले बताएकी छिन । दिदिलाई पुर्याउन जान्छु भनेर घर बाट सहमती मै हिडेको ताराले बताएकी छिन् ।

माइती पुगे पछि पहिले उसले दिएको यातना सहन नसकेर फेरि झ`गडा गर्न किन जानू भनेर आफू यतै बसेको उनको भनाई छ । तर माइती मै हुदाँ पनि फोन सम्पर्क भए भै रहेको उनले बताएकी छिन । आफू माइती आएको केही दिन देखि नै श्रीमानले फोनमा कहिले आउने भनेर सोधेको बेला आफुले जिस्किएर म आउँदिन अब भनेको र त्यही कारण श्रीमानले गाउँ भरी ह`ल्ला फैला`एको ताराको भनाइ छ ।

त्यसरी गाउँमा ह`ल्ला गरे पछि स्थानिय छिमेकीहरुले पनि आफ्नो बारेका अनेक कुरा लगाएर सम्बन्ध बिग्रेको उनको भनाई छ । आफुलाई घरमा हुदाँ पनि श्रीमानले हातपात गरेको उनको भनाई छ । आफुलाई नाम्जाले बिबाह पनि झुक्काएर गरेको उनको भनाई छ ।आफ्नो संस्था भएको र त्यहाँ संगित पनि सिकाईदिने भन्दै मासिक ८ हजार तलवको जागिर पनि लगाईदिने भनी बिबाह गरेको उनको भनाई छ ।

बिहे गरेको ६ वर्ष भए पनि आफु नानिको लागि हरेक त`नाब सहेर बसेको ताराले बताएकी छिन् । बाहिर हाँसेर हिडे पनि आफ्नो भित्र कति पि`डा धेरै भएको ताराले बताईन । आफुलाई नाम्जाले सधै पिडा मात्र दिने गरेको ताराको भनाइ छ । सधै अ`पशब्द बोल्दै घर छोडेर जा भन्दै आफुलाई गा`ली गर्ने गरेको ताराले बताएकी छिन ।

अब आफू नाम्जासँग बस्न नसक्ने पनि ताराले बताएकी छिन् ।नाम्जाले जति कमाए पनि पैसा सबै साथी भाइलाई खुवाएर सक्ने, रातदिन रक्सी खाएर आउने गरेको ताराले बताएकी छिन् । आफुले जति नै माया गरे पनि श्रीमानले नबुझे पछि आफू छोडेर हिड्नु परेको उनले फोन सम्पर्कमा बताएकी छिन ।

आफू कसैसगँ नबोल्ने गरेको पनि उनले बताईन । श्रीमानले नै आफुलाई फेसबुक चलाउन सिकाएको र एउटै आइडी चलाउने गरेकोले अरुसगँ बोलेको भन्ने आरो`प मात्र भएको उनको भनाई छ । नभएको कुरा गरेर आफ्नो मिडियामा बेइ`ज्जत गरेको भन्दै अब आफू श्रीमानसँग मिलेर बस्न नसक्ने भन्दै स`म्बन्ध वि`च्छेद गर्ने ताराले बताएकि छिन् ।(भिडियो हेर्नू)

लाइभ65टुडे बाट

२०७८ पुष २६, सोमबार १२:३६ 0 Minutes 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।