२०७९ आश्विन २१
  • काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार सिंहदरबार जाने भएका छन् । पूर्वराजा शाह पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार जान लागेका हुन् ।

पूर्वराजाका संवाद सचिव फणि पाठक अनुसार पूर्वराजा शाहले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्नेछन् । उनी मध्यान्ह साढे १२ बजे त्यहाँ पुग्ने कार्यक्रम छ । मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदैछ ।

यस्तै । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

सीसीएमसीसीकै सिफारिस अनुसार विद्यालय बन्द हुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकरी दिए । कोरोनाको संक्रमण बढेपछि आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

सो सिफारिस सार्वजनिक भएपछि आज शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेका थिए । विद्यालय बन्दको मोडालिटीसहितको पूर्ण जानकारीसहितको सूचना मन्त्रालयले जारी गर्ने तयारी गरेको छ । न्युज24 बाट

२०७८ पुष २६, सोमबार ०७:३७ 0 Minutes 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।