२०७९ असार १५
  • काठमाडौँ

वडाअध्यक्ष महरा होटेलबाट पर’स्त्रीसहित प’क्राउ

टेक सिँह धामी । धनगढी । दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष भरत महरा खोचलेकको एक होटलबाट महिलासँग शं’कास्पद रुपमा भेटिएका छन्।

महरा र महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।दुवैजनालाई बिहीवार राति ३ बजे होटलबाट नि’यन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।

उनीहरु एउटै कोठामा रहेको भन्ने वडा अध्यक्षकी श्रीमतीले प्रहरीलाई खबर गरेकी हुन्।

शं’कास्पद रुपमा भेटिएका दुवैजनालाई सदरमुकाम ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।

‘दुवैजनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘जिल्ला ल्याइँदैँछ, थप बुझ्छौं। अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन। पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्ने छ।’

वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित हुन्। लोकपथ बाट

२०७७ चैत्र ६, शुक्रबार ०९:५६ 1 Minute 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार