२०७९ आश्विन १४
  • काठमाडौँ

साउदी राजकुमारी तीन वर्षपछि रिहा

रिहयाद : साउदी राजकुमारी र उनकी छोरी तीन वर्षपछि रिहा भएका छन् । राजकुमारी बासमा बिन्ट साउद र उनकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थुनामा राखेको थियो ।

उपचारका लागि स्वीट्जरल्यान्ड जाने क्रममा साउद पक्राउ परेकी थिइन् । उनलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म सरकारले केही जानाकारी दिएको छैन् । उनले संबैधानिक सुधार र मानवअधिकारका पक्षमा बारम्बार आवाज उठाएकाले सोही कारण कारागार राखिएको हुन सक्ने केहीले अनुमान गरेका छन् ।

उनको पूर्वयुवराज मोहमदा विन नायफसँगको स’म्बन्धका कारण जेल चलान गरिएको हुन सक्ने केहीको अनुमान छ । राजकुमारीको स्वास्थ्यमा समस्या देखिएपछि रिहा गरिएको प्राप्त पछिल्लो विवरणमा जनाइएको छ ।

आफ्नो स्वास्थ्यमा थप समस्या देखिएको भन्दै गत अप्रिलमा ५७ वर्षीय बास्माले साउदी राजा सलमान र युवराज मोहमदा विन सलमानसमक्ष रिहाईका लागि अनुरोध गरेकी थिइन् ।

२०७८ पुष २५, आईतवार ०८:५४ 0 Minutes 434 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।