२०७९ आश्विन २२
  • काठमाडौँ

यीनै हुन साहसी महिला जो आफुलाई खान आएको बाघसँग ल’डेर ज्यान बचाएकी दुर्गा

गाउँमा विवाह हुने भएपछि सहयोगका लागि राप्तीसोनारी गाउँपालिका–४, की दुर्गा थारु गाउँ नजिकैको गौरी सामुदायिक वनमा पात टिप्न गइन्।

एक्लै जंगल गएकी उनी पात टिप्दै थिइन्। सुनसान जंगलमा सामान्य आवाज आयो। त्यो आवाज मान्छेको थिएन, कुनै जनावर हिँडिरहे जस्तो थियो।

उनी अलि चनाखो बनेर पात टिप्दै थिइन्। एक्कासी बाघ आएर उनको हातमा झम्टियो। घना सुनसान जंगलमा बाघले आ`क्र`मण गर्दा उनलाई ड`र मात्रै लागेन, सहास पनि बटुलियो। ‘बाघले झ’म्टि’यो। मनमनै ड`र त थियो,’ उनले भनिन्, ‘तर जसरी पनि बाँच्नु छ।

हातमा भएको हँसिया (आँसी) ले हानेँ।’ अर्काे हात झ`म्टि´यो। उनले प्रतिकारका लागि बाघको पन्जासमेत समातिन्। ‘दुई/तीन पटक लगातार हानेँ। पछि छोड्यो। निकै ड´र लाग्यो। चि च्या एँ। अनि त्यहाँबाट भाग्न सफल भएँ,’ उनले भनिन्। उनको दुवै हातको कुहिनामा चो ट लागेको छ।

बिहान साढे ११ बजे थारुलाई आक्र`मण गरेको बाघले दिउँसो २ बजेतिर भने बयर जातको बोकालाई मा`रेको वडा नम्बर ४ का वडा सचिव नारायण बिष्टले जानकारी दिए। उनका अनुसार बाघको आ’क्र’मणबाट बाँच्न सफल थारुको राप्तीसोनारी अस्पतालमा सामान्य उपचारपछि घर फर्काइएको छ। उनले स्थानीय अर्जुन बस्नेतको बयर जातको ७० किलोको बोकालाई बाघले मा`रेको जानकारी दिए। यो खबर बुधबार बिहानको हो।

बाँकेस्थित राप्तीसोनारी गाउँपालिका–४ मा खल्टेपानी भन्ने स्थानमा बाघले उनीमाथि आ`क्र`मण गरेको थियो। बाघसँगको ल`डाइँपछि उनी बाँच्न सफल भएकी छिन्। पछिल्लो समय राप्तीसोनारी गाउँपालिकामा बाघको बिगबिगी बढेको छ। गत भदौ महिनामा वडा नम्बर १ कुशुमस्थित गाभरमा बाघले मान्छेलाई खाएको थियो।

गाभरस्थित भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षीया पुरुषलाई पाटेबाघले खाएको थियो। मंसिर महिनामा मात्रै वडा नम्बर ६ मा रहेको सिद्धेश्वर बहुमुखी क्याम्पसका प्रमुख लोकमणि बटालालाई बाघले आ`क्र`मण गरेको थियो। उनी पनि त्यहाँबाट भागेर बाँच्न सफल भएका थिए।

यस्तै कात्तिक महिनामा पनि नरैनापुर गाउँपालिका–४ पण्डितपुरुवाका लखन गडरियाको बाघको आ’क्र’म’णबाट ज्यान गएको थियो। महिनैपिच्छे बाघले आ’क्र’मण गर्न थालेपछि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रका बस्तीहरुमा त्रा’स फैलिएको छ। -नागरिक बाट साभार

२०७८ पुष २५, आईतवार ०६:५६ 1 Minute 219 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।