२०७९ आश्विन २१
  • काठमाडौँ

कर्मचारीले नै लुटाए बैंकको १६ लाख रुपैयाँ

२३ पुस, काठमाडौं । एनआईसी एसिया बैंकको १६ लाख रुपैयाँ लुटि`एको घ`टनामा कर्मचारीकै संलग्नता देखिएको छ । कर्मचारीको संलग्नता देखिएपछि प्रहरीले एनआईसी एसिया बैंकको बानेश्वर शाखाका कलेक्टर प्रदीप खत्रीसहित ४ जनालाई प´क्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार खत्रीकै योजना र अन्यको मिलेमतोमा बैंकको पैसा लु´टि´एको अनुसन्धानका क्रममा खुलेको छ ।

‘बैंकले ठूलो परिमाणमा पैसा जम्मा गर्ने संस्थाका लागि कलेक्टर राखेको हुँदो रहेछ, त्यही भूमिकामा रहेका खत्री आफैंले आफैंलाई लु´टाए´को पाइएपछि प`क्राउ गरेका हौं’ उनले अनलाइनखबरसँग भने, ‘अन्यको भूमिकाबारे अनुसन्धान गरिरहेका छौं ।’

प्रहरीले खत्रीसँगै सिन्धुपाल्चोकका विमल तामाङ, रामेछापका शक्तिराज पौडेल, अनिश खड्कालाई पनि प´क्रा´उ गरेको छ । प´क्रा´उ परेकामाथि डाँका चो´रीसम्बन्धी क´सू´रमा म्याद थप गरेर अनुसन्धान हुने मैनालीले बताए ।

आफैं पैसा संक´लन गर्ने, आफैं लुटा´उने

महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार घ´टना १८ पुसको हो । कलेक्टर खत्रीले काठमाडौं–१० को वडा कार्यालयबाट १२ लाख ४५ हजार रुपैयाँ र मेटलाइफ इन्स्योरेन्स शान्तिनगरबाट ३ लाख ५० हजार ४२४ रुपैयाँ लिएर बैंकतिर जाँदै थिए । बानेश्वरको युनिग्लोब कलेज अगाडि बैंकको शाखा कार्यालय नजिकै दुई जनाले उनको पैसा लुटे ।

उनले बैंकमा खबर गरे, बैंकले प्रहरी वृत्त, बानेश्वरलाई जानकारी गरायो । ‘क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको आधारमा अनुसन्धान सुरु गर्‍यौं, लैजाँदै गरेको त देखिएन’ डीएसपी लामा भन्छन्, ‘बरु दुई जना भाग्दै गरेको देखियो ।’

बैंकले केही ढिला गरी प्रहरीलाई घ`टनाबारे जानकारी गराएको थियो । त्यसबेलै प्रहरीले कलेक्टरमाथि शं`का गरिसकेको थियो । ‘कलेक्टर खत्रीलाई पनि शं`काको घेरामा राखेर फुटेज पनि हेरिरहेका थियौं’ उनी भन्छन्, ‘फुटेजका दुई जना व्यक्तिबारे थाहा भएपछि प`क्राउ गर्‍यौं ।’

स्रोतका अनुसार सीसी टीभी फुटेजमा उनीहरु चढेको मोटरसाइकलको नम्बर देखिएको थियो । त्यसको आधारमा प्रहरी त्यसरी लु´टपा´टमा संलग्न व्यक्ति शक्तिराज पौडेल र अनिश खड्कासम्म पुगेको थियो । ‘उनीहरुको हाउभाउ हेर्दा व्यवसायिक जस्तै लाग्थ्यो, प´क्रा´उ परेपछि सबै बेलिबिस्तार लगाइहाले’ लामा भन्छन्, ‘त्यसपछि कलेक्टरको पनि संल`ग्नता खुलिहाल्यो ।’

डीएसपी लामाका अनुसार कलेक्टर खत्रीले बैंक भएकै भवनमा काम गर्ने विमल तामाङसँग मिलेर उनले बैंकको पैसा आफैं लुटाउने योजना बनाएका थिए । ‘त्यही योजना अनुसार तामाङले पौडेल र खड्कालाई जोडेका थिए’ उनी भन्छन्, ‘तर उनीहरुको योजना सफल हुनसकेन ।’

लुट्नेलाई ६ लाख, लुटाउनेलाई ३ लाख

काठमाडौं प्रहरीका एसपी मैनालीका अनुसार लु`टपा`टबारे प्रहरीले ढिला गरी मात्रै सूचना पाएको थियो ।

‘ढिलो सूचना आउँदा उनीहरुले लु`टिएको रकम भाग लगाइसकेका रहेछन्’ मैनाली भन्छन्, ‘लु`ट`पा`टमा संलग्न पौडेलले ६ लाख ३० हजार र खड्काले ४ लाख रुपैयाँ पाएका थिए ।’

मैनालीका अनुसार बैंकका कर्मचारी खत्रीको भागमा चाहिँ ३ लाख रुपैयाँ परेको पाइएको छ । उनीसँगै योजना बनाउने कार्यमा संलग्न विमलको भागमा पनि ३ लाख रुपैयाँ छुट्टयाइएको थियो ।

‘कलेक्टरको रकम पनि विमलले नै राखेका रहेछन्’ मैनाली भन्छन् । उनीहरुको साथबाट १३ लाख ४६ हजार रुपैयाँ बरामद भएको छ । त्योमध्ये २ लाख ८४ हजार चार सय २४ रुपैयाँ उनीहरुले खर्च गरिसकेको पाइएको छ । अन्लाईन खबर बाट

२०७८ पुष २३, शुक्रबार २२:५३ 0 Minutes 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।