२०७९ आश्विन २१
  • काठमाडौँ

साउथ इन्डियन फिल्ममा अभिनेत्री आँचल शर्माको मुख्य भूमिकामा डेब्यू

साउथ इन्डियन फिल्ममा अभिनेत्री स्वस्तिमा खड्कापछि आँचल शर्माले पनि डेब्यू गरेकी छन् । उनले नेपालमा छायांकन भएको तेलुगू फिल्म ‘हिटम्यान’ मा मुख्य भूमिकामा अभिनय गरेकी हुन् । १५ दिनसम्म काठमाडौं र पोखरामा छायांकन भएको फिल्ममा उनले नेपालीमै संवाद बोलेकी छन् । फिल्ममा उनको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी प्रस्तुत छन् ।

विष्णु फिल्मका निर्देशक पनि हुन् । उनले अब फिल्मको १० प्रतिशत मात्र छायांकन बाँकी रहेको र त्यसलाई भारतको हैदराबादमा खिच्ने तयारी भएको जानकारी दिए । उनका अनुसार, नेपालमा फिल्मको ५० प्रतिशत छायांकन गरिएको छ । उनले नेपालमा खिचिएको भागमा नेपाली भाषामै संवाद समावेश गरिएको र भारतमा खिचिएको भागमा तेलुगू भाषामा संवाद राखिएको बताए ।

उनले भने ‘फिल्म नेपाल र भारत दुवै देशमा रिलिज हुनेछ । नेपालमा रिलिजका लागि तेलुगू संवादमा नेपाली सब टाइटल राख्नेछौं भने भारतमा रिलिजका लागि नेपाली संवादको ठाउँमा तेलुगू सब टाइटल राख्नेछौं । ‘हिटम्यान’ को कथा नै नेपाल र भारतसँग जोडिएको छ ।’ फिल्ममा नेपालको पार्टमा विष्णुको जोडीको रुपमा आँचल देखिनेछिन् भने भारतको पार्टमा अदिती शर्मा छिन् ।

विदेशी फिल्ममा आँचलको डेब्यु, मुख्य भूमिकामै देखिने काठमाडौ । नेपाली कलाकारहरु पनि विस्तारै अन्य देशमा फिल्महरुमा देखिन थालेका छन् । मनिषा कोइराला, सुनिल थापा लगायतका कलाकारहरुले भारतीय फिल्ममा निकै राम्रो स्थान बनाए । अब पछिल्लो पुस्ताका कलाकारहरु पनि अन्य मुलुकका फिल्ममा देखिन थालेका छन् ।

अभिनेत्री स्वस्तिमा खड्कापछि आँचल शर्माले पनि साउथ इन्डियन फिल्ममा डेब्यू गरेकी छन् । उनले नेपालमा छायांकन भएको तेलुगू फिल्म ‘हिटम्यान’ मा मुख्य भूमिकामा अभिनय गरेकी हुन् । १५ दिनसम्म काठमाडौं र पोखरामा छायांकन भएको फिल्ममा उनले नेपालीमै संवाद बोलेकी छन् । फिल्ममा उनको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी प्रस्तुत छन् ।

विष्णु फिल्मका निर्देशक पनि हुन् । उनले अब फिल्मको १० प्रतिशत मात्र छायांकन बाँकी रहेको र त्यसलाई भारतको हैदराबादमा खिच्ने तयारी भएको जानकारी दिए । उनका अनुसार, नेपालमा फिल्मको ५० प्रतिशत छायांकन गरिएको छ । उनले नेपालमा खिचिएको भागमा नेपाली भाषामै संवाद समावेश गरिएको र भारतमा खिचिएको भागमा तेलुगू भाषामा संवाद राखिएको बताए ।

२०७८ पुष २२, बिहीबार ०४:१६ 0 Minutes 228 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।