२०७९ आश्विन २१
  • काठमाडौँ

२१ वर्षकी युवतीले सुन पसलमा पुगेर सुनको सिक्री चोरेर भागेको भिडियो भाइरल ( भिडियो )

२१ वर्षकी युवतीले सुन पसलमा पुगेर सुनको सिक्री चोरेर भागेको भिडियो भाइरल ( भिडियो )

पोखरा महानगरपालिका – ५ जिरो किमि स्थितपामे चापाकोट सुन दुकान मा चोरी भएको छ एक पसलमा घटेको छ ।

अधिकांश समय प्रहरीको उपस्थिति रहने जिरो किमि चोक नजिकैको पामे चापाकोट सुनचाँदी दुकानबाट गत शुक्रबार ९पुस १६ गते० झन्डै एक लाख मूल्य पर्ने सिक्री चोरी गरी महिला फरार भइन ।

दुकानका सञ्चालक केशव घतानेले घटनाको बारेमा तत्काल प्रहरीलाई जानकारी गराए । घतानेले चोरी गरेर भाग्ने महिलाले चोरी गर्दै गरेको र भाग्दै गरेको स्पष्ट देखिने सिसीटिभी फुटेज नै सार्वजनिक गरे ।

तर घटना घटेको चार दिन बित्दा समेत प्रहरीले महिलालाई पक्राउ गर्न सकेन । सिक्री किन्ने बहानामा पसलमा पुगेकी महिलाले सञ्चालक घतानेलाई झुक्क्याएर सिक्री गोजीमा हालेर फरार भएकी थिइन् ।

घटना घटेको ४ दिनसम्म ती महिला को हुन् ? चोरेर कहाँ फरार भइन् ? भन्ने कुराको केही पत्तो लागेको छैन । प्रहरीमा खबर गर्दा समेत केही पत्तो नलागेपछि सञ्चालक आफैले सार्वजनिक गरेको सिसीटिभी फुटेजको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आज हामीले यसौको पेरी फेरीमा रहेर यो कार्यक्रम लिएर उपस्थीत भएका छौ हेरौ सी सी टीभीमा चोरको ह र्कत

२०७८ पुष २२, बिहीबार ०२:४७ 0 Minutes 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।