२०७९ आश्विन २१
  • काठमाडौँ

चर्चित सामाजिक अभियन्ता गिभिना मगरको बुवा आ’इसीयुमा भर्ना ! स्वास्थ लाभकाे कामना लेख्नु होला ।

र्चित सामाजिक अभियन्ता गिभिना मगरको बुवा आइसीयुमा भर्ना ! GET WELL SOON लेख्नु होला भिडियो सहित पछि, दाङ देउखुरीको राप्ती उपत्यकामा बन्ने लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरुयोजनाको प्रारम्भिक खाका तयार भएको छ ।

परामर्शदाताले प्रारम्भिक रुपमा तयार पारेको गुरुयोजनालाई सरोकारवालासँगको प्रारम्भिक परामर्श पछि थप परिमार्जन गरि ल्याउन भनिएको लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

राजधानीको गुरुयोजनाले प्रारम्भिक रुपमा राप्ती गाउँपालिकाकाे तीन वटा वडा, गढवा गाउँपालिका र सितगँगाको दुई/दुई वटा वडा समेटेको छ । राजधानीको प्रशासनिक क्षेत्र बुद्धको प्रतिमा आकारमा रहने प्राधिकरणको अवधारणा रहेको छ ।

त्यही अनुसारको खाका तयार पारेर सरोकारवालाको विस्तृत छलफलमा लैजाने पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।

लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना, राप्ती गाउँपालिकाको तिन वटा वडा, गढवा गाउँपालिकाको दुई वटा वडा र सितगँगा नगरपालिकाको दुई वटा वडालाई केन्द्रमा राखेर निर्माण भएको छ ।

राप्ती गाउँपालिकाको वडा नम्बर २ लाई मुख्य केन्द्र मानेर राजमार्गको ५ सय मिटर बाहिरको क्षेत्रलाई मुख्य प्रशासनिक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, मन्त्रालयहरु र भीआईपीको अवास रहने क्षेत्र गुरुयोजनामा प्रस्ताव गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पूर्वपश्चिम राजमार्गको उत्तर तर्फ राप्ती गाउँपालिकाको वडा नम्बर २ मा रहने छ । यस्तै त्यहाँबाट ६० मिटर चौडा सडक दक्षिण तर्फ राप्ती नदी सम्म पुग्नेछऽ जहाँ राप्ती नदीमा सिग्नेचर ब्रिज अर्थात् कलात्मक पुलले गढवा गाउँपालिकाको क्षेत्रलाई सिधै जोड्ने छ ।

बुद्धको आकारमा रहने प्रस्तावित यस क्षेत्रको बीच बीचमा दुई देखि पाँच बिगाहा क्षेत्रफलका अलग अलग प्लटहरु रहनेछन् । राप्ती नदीको दुवै तर्फ बलियो तटबन्धसँगै जोडिएको ६०/६० मिटर चौडा सडक प्रस्ताव गरिएको छ भने सडक सँगै जोडिएको एक सय मिटर चौडा ग्रीन बेल्ट पनि गुरुयोजनामा प्रस्ताव गरिएको छ ।

नदीको दुवै तर्फको ग्रीनबेल्टसँगै आधुनिक शहर निर्माण गर्ने गुरुयोजनाले परिकल्पना गरेको छ । गुरुयोजनाको अन्तिम रिर्पोट पुस मसान्त भित्र आइसक्ने र त्यसपछि सरोकारवालासँगको विस्तृत छलफलपछि परिमार्जित गुरुयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरिने प्रादेशिक पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरे बताउनुभयाे ।

२०७८ पुष २२, बिहीबार ००:११ 1 Minute 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।