२०७९ आश्विन २२
  • काठमाडौँ

प्रधानमन्त्री लाई कालो झण्डा देखाउने महिलालाई गो`ली हानियो

युपीको सुल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिला रिता यादवलाई अज्ञात व्यक्तिले गा`ली हानेका छन् ।

गोली उनको खुट्टामा लाग्यो । उनलाई घा`इते अवस्थामा सुरुमा सिएचसी लुम्भुआमा भर्ना गरियो र पछि थप उपचारका लागि सुल्तानपुर जिल्ला अस्पताल पठाइयो । त्यहाँ उनको उपचार चलिरहेको छ ।

सर्कल अफिसर लम्भुआ सतिश चन्द शुक्लाले पी`डितको बयान दर्ता गरेका छन् ।

रिता यादवले मिडियालाई दिएको बयानमा भनेकी छिन्, ‘म पोस्टर बनाउन सुल्तानपुर गएकी थिएँ, त्यहाँबाट घर गइरहेकी थिएँ । त्यति नै बेला हाईवेमा लम्भुआ नजिकै तीन व्यक्तिले ओभरटेक गरेर मेरो बोलेरोलाई रोके र गाली गर्दै मा`र्ने धम्की दिए ।’

कन्चटमा बन्दु राखियो । यसो गर्दा जब मैले एकजनालाई च`ड्कन हि`र्काएँ तब उनीहरुले मलाई गो`ली हाने । गो`ली मेरो खुट्टामा लाग्यो र त्यतिबेलासम्म उनीहरु भागिसकेका थिए ।’

१६ नोभेम्बरमा प्रधानमन्त्री मोदी पूर्वाञ्चल एक्सप्रेस–वे लोकार्पण गरेर जिल्लाको कुरेभारस्थित अरवल किरीमा सभा गरिरहेका थिए, त्यतिबेला रिता यादवले उनलाई कालो झण्डा देखाएका थिए । प्रहरीले उनलाई प`क्रा`उ गरेर जे`ल पठाएको थियो र दुई दिनपछि उनले जमानत पाए ।

घ`टनाको एक महिनापछि सम्म उनी पार्टीमा रहिन् तर सम्मान नपाएका कारण उनी १७ डिसेम्बरमा लखनउमो कांग्रेसमा समावेश भइन् । रातोपाटी बाट

२०७८ पुष २०, मंगलवार १०:१५ 0 Minutes 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।