२०७९ आश्विन २१
  • काठमाडौँ

१५ बर्ष देखी श्रीमान संग छु,टेर बसे भने अहिले आएर बिहे किन गर्नु

१५ बर्ष देखी श्रीमान संग छु,टेर बसे भने अहिले आएर बिहे किन गर्नु हेर्नुस भिडियो सामाग्री  :-

हलिउड र बलिउडका सेलिब्रेटीहरु संसारकै महंगो मानिने गाडीमा हुँइकिने गरेका छन् । उनीहरु एउटा गाडी त्यति लामो समय प्रयोग पनि गर्दैनन् । बजारमा आउने विभिन्न कम्पनीका नयाँ-नयाँ मोडलका गाडीहरु उनीहरुले किन्ने गरेको पाइन्छ । नेपाली फिल्मका कलाकारहरु पनि गाडीका सौखिन छन् । ३५ लाखदेखि ८५ लाखसम्मको गाडीमा हुँइकिने कलाकारहरु यहाँ धेरै छन् ।

तर, नायक राजेश हमालले भने विगत १३ वर्षदेखि एउटै गाडी प्रयोग गर्दै आएका थिए । जीप गाडी मनपर्ने उनले १३ वर्ष अगाडि सन् २००० मा कियाले बजारमा ल्याएको स्पोर्टेज गाडी खरिद गरेका थिए । फिल्मको छायांकन देखि नेपालका विभिन्न ठाउँमा हुने कार्यक्रममा उनी यही गाडी चढेर जाने गरेका थिए । कतिपयले उनलाई नयाँ गाडी खरिद गर्न लो भ गरेको समेत भन्ने गरेका थिए ।

अब भने उनले पुरानो गाडीलाई विदा गरेर घरमा नयाँ गाडी भित्राएका छन् । उनले जीप कम्पास गाडी खरिद गरेका हुन् । हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्साल स्थित जीप शोरुम बाट जीप कम्पासको डेलिभरी लिए । ‘मैले युवा अवस्था देखि नै जीपको बारेमा निकै सुन्दै आएको थिएँ । म जीपको आइकनिक डिजाइन र अफरोड क्षमता बाट एकदमै प्रभावित छु,’ उनले भने ।

चार वर्ष पछि फिल्म ‘सत्यम्’ बाट अभिनयमा फर्किने तयारीमा रहेका उनले जीप कम्पास ८४ लाखमा खरिद गरेको जानकारी प्राप्त छ । केही समय अगाडि सुपरस्टार भुवन केसीले पनि जीप कम्पास खरिद गरेका थिए । पछिल्लो समय नेपाली कलाकारहरुको रोजाई बनेको यो गाडीको बजार मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको बताइएको छ ।

२०७८ पुष २०, मंगलवार ०८:११ 1 Minute 397 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।