२०७९ असार १४
  • काठमाडौँ

जेठाजुले भगाएर लिए बुहारीलाइ

चैत ४, सल्यान ।
सल्यानमा जेठाजुले बुहारी भगाएका छन् । जिल्लाकाे बागचाैर नगरपालिका २ निवासी ३५ वर्षीय प्रमाेद भण्डारीले आफ्नै भाइ बुहारी २२ वर्षीय प्रतिमा सेजवाल भण्डारीलाइ भगाएर लगेकाे परिवारले जनाएकाे छ ।

परिवारकाअनुसार प्रतिमाका श्रीमान इश्वरी भण्डारी जागिरकाे शिलसिलामा फिल्ड गएकाेबेला चैत २ गते राती उनि प्रमाेदसँग भागेकी हुन् । इश्वरी र प्रमाेद दुइभाइका छाेरा हुन् ।

इश्वरीकी आमा टंकी भण्डारीले भनिन्, ‘बुहारीले हामीलाइ खाना खुवाइन्, ६ वर्षकाे नातिलाइ लिएर उनि पनि सुत्ने काेठामा गइन्, हामी सुत्न नजिकैकाे अर्काे घरमा गयाैं । राती ११ बजे छाेरा फिल्डबाट आएपछि काेठमा नाति मात्रै रहेछ, पछि खाेजिकार्य गर्दा प्रमाेदसँग भागेर गइछन् ।’

बुहारी परिवार भित्रकै अर्काे पुरुषसँग गएपछि अहिले परिवार तनावपुर्ण अवस्थामा भएकाे उनले बताइन् । घरकाे सबै आर्थिक काराेबार बुहारीकाे हातमा भएकाे र गरगहना, बैंकमा भएकाे पैसा सबै निकालेर उनि भागेकाे सासु टंकी भण्डारीले बताइन् ।

उनले भनिन्, ‘हामीले यसबारेमा खाेजिकार्यका लागि इलाका प्रहरी कार्यालय थारमारेमा निवेदन दिएका छाैं, उनिहरु दुवैकाे लाेकेशन हेर्दा दाङ घाेराही देखिन्छ । अहिलेसम्म धेरैले फाेन गरिसके दुवैकाे फाेन उठ्दैन् ।’

उनिहरु बीच विगत ६ महिनाअघि देखि सम्पर्क हुँदै आएकाे अहिले खुलेकाे छ । सासु टंकीले भनिन्, ‘छाेरी सम्मान मैले बुहारीलाइ माया दिएकी थिए, छाेराे साेझाे खालकाे छ । हामीले यस्ताे कल्पनै गरेका थिइनाैं, अहिले उनिहरु भागेपछि प्रमाेदकी श्रीमतीले उनिहरुकाे फेसबुकमा च्याट हुने गरेकाे र फाेनमा कुरा हुने गरेकाे बताउँछिन् ।’

प्रमाेदकी श्रीमतीले श्रीमानकाे डरले याे कुरा बाहिर भन्न नसकेकाे उनि बताउँछिन् । दुवैलाइ खाेजेर लिएकाे धन सम्पती फिर्ता गर्नुपर्ने परिवारले बताएकाे छ ।

उनिहरुलाइ देख्ने जाे काेहिले नजिककाे प्रहरी कार्यालयमा बुझाइदिन परिवारकाे आग्रह छ । बागचाैरबाट उनिहरु रा ५ प ८९८२ नम्बरकाे बाइकमा गएकाे बताइएकाे छ ।

साभार लेकाली अनलाइन बाट

२०७७ चैत्र ४, बुधबार १४:१३ 0 Minutes 320 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार