२०७९ आश्विन २१
  • काठमाडौँ

दुर्घटनामा १९ जनाको मृत्यु : मोटरसाईकलमा चढेका ३ जनाको घटनास्थलमै मृत्यु

काठमाडौ । पाल्पा, रिब्दिकोट गाउँपालिका–२ लघुवास्थित सडकमा बुटवलबाट शव लिई सतगतको लागि रिडीतर्फ जाँदै गरेको लु.१ ख ७२७९ नम्बरको बस सडकबाट करिब ६५ मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ३५ जना मध्ये ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

उक्त बस दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी हार्थोकबाट खटिएको संयुक्त प्रहरी टोलीले दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाएको छ ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, ईश्वरपुर नगरपालिका–३ सागरनाथ जंगलस्थित सडकमा बा.१९ प ७१९७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएर सडकबाट करिब १० मिटर तल खसेर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–१० दशबिगहा बस्ने २२ वर्षीय अरुण सिंह, २० वर्षीय को श्रगम बिक र २२ वर्षीय रोहन सिंहको घटनास्थलमै मृत्यु भएको छ ।

रोल्पा, रोल्पा नगरपालिका–९ गर्पास्थित सडकमा रा.१ ह ३०५१ नम्बरको अटो सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा अटो चालक सोही नगरपालिका–४ लहरी खोला बस्ने २८ वर्षीय खुम बहादुर रोकाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी महोत्तरी, कञ्चनपुर, सप्तरी, पर्सा र दाङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

महोत्तरी, बर्दिवास नगरपालिका-५ जंगा पुलस्थित सडकमा ज.६ प ८३४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सर्लाही भक्तिपुर नगरपालिका-४ घर भएका ४८ वर्षीय भुवन प्रसाद उपाध्यायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी महोत्तरी, मनराशिष्वा नगरपालिका-२ स्थित सडकमा प्र.२-०२-००१ प ०९२४ र प्र।०२-०३-००३ प ३६५० नम्बरको मोटरसाइकल एक(‍आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुवै मोटरसाइकलको चालक सर्लाही चन्द्रनगर नगरपालिका(७ घर भएको ३३ वर्षीय अजय साह र महोत्तरी मनराशिष्वा नगरपालिका(५ बस्ने ३८ वर्षीय रोशन ठाकुर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कञ्चनपुर, लालझाडी गाउँपालिका-६ चाँददेउस्थित सडकमा रोकी राखेको रा.१ त ८९९ को ट्याक्टरमा से.६ प ३९६३ नम्बरको मोटरसाइकल ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बेलौरी नगरपालिका-९ मतपुरे बस्ने २६ वर्षीय दिप्पु चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ईसान मेमोरियल अस्पताल बेलौरी हुँदै कैलाली प्रालि अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरी, सप्तकोशी नगरपालिका-४ तुलसी टोलमा को.२२ प १५५८ नम्बरको मोटरसाइकल र स.५ प ३११८ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुबै मोटरसाइकल चालक कंचनरुप नगरपालिका-७ बस्ने ३५ वर्षीय शुभास बस्नेत र उदयपुर चौदण्डिगढी नगरपालिका-९ भिमा टोल बस्ने २८ वर्षीय हरि शंकर चौधरी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भारदह अस्पताल भारदह हुँदै थप उपचारको लागि गोल्डेन अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ४ जनाको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

पर्सा, ठोरी गाउँपालिका-३ रामनगरमा ना.६३ प ७४२६ नम्बरको मोटरसाइकल र बा.२७ प १६४ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा ना.६३ प ७४२६ नम्बरको मोटरसाइकल चालक पोखरीया नागरपालिका-२ बस्ने १८ वर्षीय संतोष पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको नारायणी अस्पताल वीरगंज हुँदै थप उपचारको लागि न्युरो अस्पताल वीरगंज रिफर गरिएको छ ।

दाङ, राप्ती गाउँपालिका-५ लठुवामा लु.१ ख ९६४७ नम्बरको मिनी ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक सहित फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । जानबोली बाट

२०७८ पुष १९, सोमबार १३:२४ 1 Minute 421 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।