२०७९ आश्विन २१
  • काठमाडौँ

एआर रहमानकी छोरी फेरी चर्चामा, को हुन् रियासदिन ?

एजेन्सी । म्युजिक इन्डस्ट्रीका राजा एआर रहमानकी छोरी खतिजा फेरि एकपटक चर्चामा छिन् । यहाँ २०२२ सुरु भएको छ भने अर्कोतिर खतिजाले फ्यानलाई खुसीको खबर सेयर गरिन् ।

वास्तवमा कुरा यस्तो छ कि एआर रहमानकी छोरी खतिजाले इन्गेजमेन्ट गरेकी छन् । यो कुरा उनले आफैंले इन्स्टाग्राम पोस्टमार्फत फ्यानसँग सेयर गरेका छन् । इन्गेजमेन्टको तस्विर पोस्ट गर्दै उनले आफ्नो भावी पतिका बारेमा परिचय गराएकी छिन् ।

खतिजाको इन्गेजमेन्ट रियासदिन शेख मोहम्मदसँग भएको छ, जो पेशाले अडियो इन्जिनियर हुन्। खास कुरा के छ भने खतिजाले आफ्नो जन्मदिनको दिन इन्गेजमेन्ट गरेकी हुन् । खुसीको क्षण फ्यानसँग सेयर गर्दै खतिजाले लेखेकी छिन्, ‘भगवानको आशीर्वादले उद्यमी

तथा अडियो इन्जिनियर रियासदीन शेख मोहम्मदको इन्गेजमेन्ट भएको घोषणा गर्न पाउँदा खुसी लागेको छ । मेरो जन्मदिनको दिन डिसेम्बर २९ मा इन्गेजमेन्ट भएको थियो, जसमा परिवार र नजिकका मानिसहरु सहभागी थिए ।

तस्विरमा खतिजाले पिंक कलरको पहिरन लगाएकी देखिन्छिन् । खतिजाले कपडासँग मिल्ने डिजाइनर मास्क पनि लगाएकी छिन् । तस्बिरमा अनुहार नदेखाए पनि नयाँ यात्राको खुसी उनको आँखामा अवश्य देखिन्छ । यसै क्रममा उनले रियासदीन शेख मोहम्मदको फोटो सेयर गरीन्, जसमा उनी निकै स्मार्ट देखिन्छन् ।

हिजाबलाई लिएर ट्रोल भएको थियो
केही महिनाअघि लेखिका तस्लिमा नसरीनले खातिजालाई उनको हिजाबका कारण ट्रोल गरेकी थिइन् । तस्लिमा नसरीनले भनिन्, ‘जब म शिक्षित मानिसलाई बुर्कामा देख्छु, मेरो निसास्स हुन्छ । लेखिकको कुरामा जवाफ दिँदै खतिजाले आफूले गरेको रोजाइप्रति कुनै पछुतो नभएको बताइन् ।

खातिजाले तस्लिमा नसरीनलाई उचित जवाफ दिँदै भनिन्, ‘मेरो लुगा देखेर निसास्स भयो भने गएर सफा हावा खाऊ । म मेरो लुगामा घमण्ड गर्दैन, तर गर्व गर्छु। खै, जे भयो त्यही भयो । खतिजालाई नयाँ यात्राको शुभकामना ।

२०७८ पुष १९, सोमबार ०४:२१ 0 Minutes 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।