२०७९ आश्विन २१
  • काठमाडौँ

सवारी दुर्घटनामा परी गुरुङ को मृत्यु

पोखरा । पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-६ को वडा कार्यालय र शान्ति पाटन मार्गको बीचमा मा’दक प’दार्थ सेवन गरी गाडी चलाउँदा पैदल यात्री सुनिल गुरुङको मृत्यु भएको हो ।

ग २ च १११८ नम्बरको हाईलक्सले नजिकका ६ वटा गाडीलाई पनि ठ’क्क’र दिएको कास्की प्रहरीले जनाएको छ । दुर्घटनामा अर्की एक महिला पनि घाइते भएकी छन् । गुरुङको मेट्रोसिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

त्यस्तै चितवन, ईच्छाकामना गाउँपालिका-३ नारायणगढ मुग्लिङ सडकमा ग १ ज ७१७० नम्बरको सुमो गाडीले प्रदेश ३.०२.००७ प ६३३० नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठ’क्क’र दिँदा मोटरसाइकल चालक काठमाडौं कपन बस्ने २० वर्षीय प्रवेश ढकाल र सोही ठाउँ बस्ने १९ वर्षीय आयुष कुमार खडकाको मृत्यु भएको छ ।

ठ’क्क’रबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोट एक्सप्रेस बाट

२०७८ पुष १७, शनिबार २२:२८ 1 Minute 116 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।