२०७९ आश्विन १४
  • काठमाडौँ

बिहे गरेका बेहुलाले एक महिना पनि नबित्दै आफ्नो श्रीमती संग मागे डि’भो’र्स, कारण थाहा पाउदा सबै परे चकित !

नेपालमा जमाना अनुसार राम्रोसँग खान लाउन नदिएको आरोपमा समेत डि’भो’र्स लि’न पाइन्छ । त्यो पनि महिलाको तर्फबाट । तर एक इजिप्टका पुरुषले उनकी श्रीमतीबाट बारम्बार डि’भो’र्स मागिरहेका छन् ।

श्रीमतीको प्राकृतिक अनुहार हेर्न आफूले बानी पार्न नसकेका कारण उनले स’म्ब’न्धवि’च्छे’दको माग गरेका हुन् ।

इजिप्टका एक पुरुषले आफ्नी एक महिना पुरानी श्रीमतीबाट स’म्ब’न्धवि’च्छे’दको माग गरेका छन् किनभने उनले आफ्नी श्रीमतीलाई मेकअप बिना हेर्न सकिरहेका छैनन् ।

यी दुईको भेट फेसबुकमा भएको हो । फेसबुकमा ती महिलाले निकै आकर्षक तस्बिर पोस्ट गर्ने गर्थिन् । त्यसपछि उनीहरुबीच कुराकानी सुरु भयो, दुईबीच भेटघाट पनि भए ।

भेटमा पनि उनी आकर्षक नै देखिइन् । त्यसैले ती पुरुषले उनलाई विवाह गर्ने सोच बनाए । समस्या विवाहको भोलिपल्ट सुरु भयो जब उनले आफ्नी बेहुलीलाई पहिलोपटक मेकअप बिना नै देखे ।

‘म आघातमा परेँ किनभने विवाह अघि मैले जस्तो उनलाई देखेको थिएँ, उनी त्यस्तो देखिइनन्,’ निराश श्रीमानले हेलियोपोलिसस्थित अदालतमा भने । ‘मैले उनको तस्बिर फेसबुकमा देखेको थिएँ ।

उनले मेकअप नगरेको अनुहार र ती तस्बिरबीच अकास पातालको फरक छ । म ठगिएँ, त्यसैले उनीबाट स’म्ब’न्धवि’च्छेद चाहन्छु ।’

‘मलाई उनले झुक्याइन् किनभने विवाह अघि उनले असाध्यै धेरै मेकअप लगाउने रहिछिन्,’ ती पुरुषले थपे । ‘तर विवाहपछि मैले उनको वास्तविक अनुहार देखेँ, उनी कुरुप देखिन्छिन् ।’

इजिप्टको मिडियामा प्रकाशित समाचारका अनुसार ती श्रीमानले आफ्नी श्रीमतीको अनुहारमा बानी पार्न त खोजेको तर नसकेका कारण विवाहको एक महिनापछि सम्बन्धवि’च्छे’दका लागि निवदेन दिएका हुन् ।

‘मैले उनलाई बिहान उठेपछि देखेँ, उनको कपाल जिङ्ग्रिङ्ग थियो… र उनलाई जस्तो देखेर विवाह गरेको थिएँ, त्यो भन्दा उनी पूर्ण रुपमा भिन्न देखिएकी थिइन् । ’

२०७८ पुष १६, शुक्रबार १३:२२ 0 Minutes 380 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।