२०७९ आश्विन १८
  • काठमाडौँ

हराएको छोरा खोज्न हिँडेका प्रकाशलाई प्रहरीले सोध्यो : तपाईंले नै बेच्नुभएको त हैन ?

प्रहरीमा निवेदन दर्ता गरेपछि छोरा भेटिन्छन् भन्ने प्रकाशको आश विश्वासमा बदलिएको थियो । तर जब जिल्ला प्रहरी कार्यालयमा पुगेपछि सोधपुछका नाममा आफूमाथि जुन खालको केरकार भयो, त्यसले प्रहरीमाथिको विश्वास उठेको प्रकाश बताउँछन् ।

प्रकाश सुनारले ललितपुरको इँट्टाभट्टामा पसिना बगाउन थालेको १८ वर्ष भइसकेको छ । बिहानदेखि साँझसम्म उनको समय भट्टामै बित्थ्यो ।दिनभरिको थकानका कारण, राति भुसुक्कै निदाउने प्रकाशको रात तीन महिनायता छटपटीमै बित्न थालेको छ, उसो त दिउँसोको इँट्टाभट्टाको काम पनि छुटेको छ ।

हिजोआज उनी गाउँदेखि शहरका गल्ली गल्लीसम्म छोराको फोटो देखाउदै हिँड्छन् । ‘यो फोटोको बच्चा कसैले देखेको छ कि’ भनेर जान अञ्जान सबैलाई सोध्ने गर्छन् । तर पनि छोराको खबर आजसम्म पाएका छैनन् । भर्खर तीन वर्ष पुगेका मनिष सुनार उनको कान्छा छोरा हुन् ।

प्युठान जिल्ला सरुमारानी गाउँपालिका-२ ददरीमा रहेको आफ्नै घरको आँगनमा खेल्दाखेल्दै गत असोज ८ गते मनिष हराएका थिए । ‘आमा र ठूलो छोरो दिउँसो घाँस काट्न गएका थिए, माइलो र साँइलो घरमा थिए । माइलो साँइलो मोबाइलमा व्यस्त भएछन् कान्छो छोरो आँगनबाटै हरायो’ उनले भने ।

मनिष हराएपछि ददरीमा हल्ला फै’लि’यो । आमा बिमा र दाजुहरुले खोजी गरे । गाउँमा कतै पत्ता लागेन । ललितपुरको एक इट्टाभट्टामा काम गरिरहेका प्रकाशलाई बिमाले खबर गरिन्, उनी छोरा खोज्न राति नै काठमाडौंबाट प्युठान जाने बस चढे । ढुङ्गेगढी प्रहरी चौकीमा प्रकाशले छोरा हराएको भन्दै खोजी गरिदिन निवेदन दिए ।

प्रहरीमा निवेदन दर्ता गरेपछि छोरा भेटिन्छन् भन्ने प्रकाशको आश विश्वासमा बदलिएको थियो । तर जब जिल्ला प्रहरी कार्यालयमा पुगेपछि सोधपुछका नाममा आफूमाथि जुन खालको केरकार भयो, त्यसले प्रहरीमाथिको विश्वास उठेको प्रकाश बताउँछन् ।

‘तपाईंले नै आफ्नो बच्चा बेच्नु भएको त हैन भनेर प्रहरीले नै मलाई सोधे, आफ्नो कुरा राम्ररी राख्न पनि दिएनन्, बाहिर जानुस भनेर आदेश दिए,’ उनी भन्छन् ।

पहिले छोराको खैखबरी गर्न उनी दिनदिनै प्रहरी चौ’की पुग्थे, त्यस घ’ट’ना’पछि भने प्रकाशलाई प्र’हरी चौ’कीमा पनि फर्केर जान मन लागेको छैन । प्रकाश छोराको खोजीमा प्युठान दाङ, रुकुम रोल्पा, अर्घखाँची, पाल्पा कपिलवस्तु लगायतको जिल्लामा छोराको फोटो देखाउँदै हिँड्छन् ।

कान्छो छोरा हराएको पिरले उनकी श्रीमती बिमा सुनार अचेत भएपछि उपचारका लागि प्रकाशले भारतको पञ्जाब पठाएका छन् । त्यहाँ उनका मामा, दाइ र सानीमा बस्छन् । छोरा हराएदेखि बिमाको हालत खराब हुँदै गयो, मानसिक स्वास्थ्य बिग्रदै गएपछि नयाँ ठाउँमा गए अलि ठीक हुन्छ कि भन्ने आशाले प्रकाशले श्रीमतीलाई भारत पठाएका हुन् ।

‘छोराको खोजीमा हिँडेको तीन महिना भइसक्यो तीन लाख खर्च पनि भइसक्यो अझसम्म केही पत्ता लागेको छैन, काम गरेर खाने मान्छे साह्रै गाह्रो भएको छ,’ उनले भने ।

प्रकाशले गाउँपालिकाको कार्यालयमा पुगेर पनि आफ्नो कुरा सुनाएका थिए, तर दुखको कुरा उनले आफैंले भोट हालेर जिताएका जनप्रतिनिधिबाट आश्वासनसम्म पनि पाउन सकेनन् ।

‘४० वर्षको भएँ आजसम्म मैले कसैसँग नराम्रो गरेको छैन कसैसँग दुश्मनी पनि कमाएको छैन कसले मेरो छोरा वेपत्ता पार्यो ?’ उनको प्रश्न छ ।

मनिष भर्खर विद्यालय जान थालेका थिए । तर विद्यालय गएर क, ख सिक्न नपाउदै उनी बे’प’त्ता भए । ‘कि सास, नभए लास भएपनि भेट्न पाए; एकसुर त हुन्थ्यो नि,’ छोरा खोज्न कसैले पहल गरिदिन्छ कि भनेर काठमाडौं आइपुगेका प्रकाशले भने ।अनलाइन खबर बाट

२०७८ पुष १६, शुक्रबार ०४:०२ 1 Minute 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।