२०७९ आश्विन १८
  • काठमाडौँ

तीन महिनाको बच्चा सहित एकै परिवारका ४ जनाको मृ’त्यु , श्रीमती मात्रै कसरी बा’चिन

नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको मृ’त्यु भएको छ। जिल्ला प्र’हरी कार्यालय बाँकेका प्र’हरी निरीक्षक खिमबहादुर घर्तीका अनुसार कालीकोटको खाँडाचक्र नगरपालिका-६ का धनप्रसाद भट्टराईका परिवारका चार जना बिहीबार बिहान मृ’त फे’ला परेका हुन्।

२४ वर्षीय धनप्रसादसँगै उनकी आमा कोपिला, दिदी नन्दकली र तीन महिनाका छोरा इप्सन भट्टराईको निस्सासिएर मृ’त्यु भएको प्र’हरी निरीक्षक घर्तीले जानकारी दिए।

घ’टनामा धनप्रसादको परिवारका तीन जना अरू पनि परेका छन्। उनकी श्रीमती सुशीला बोल्न सक्ने अवस्थामा छन् भने भाइ नरेन्द्र र तीन वर्षका छोरा दिवश अहिले पनि अचेत अवस्थामा छन्। धनप्रसाद अस्पतालमा स्टोर किपरको काम गर्थे।

बुधबार दिनभरि परेको पानीले चिसो बढेपछि उनको परिवार एकै कोठामा कोइला बालेर सुतेको थियो। न्यानो बनाउन कोइला बालिएको छ। झ्याल पनि बन्द भएकाले उनीहरूको निस्सासिएर मृ’त्यु भएको देखिन्छ,’ घर्तीले भने। उनीहरूको भेरी अस्पतालमै उपचार भइरहेको छ।

२०७८ पुष १६, शुक्रबार ०३:५७ 1 Minute 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।