२०७९ आश्विन २१
  • काठमाडौँ

पथरीशनिश्चरेको जङ्गलमा भेटिएकी १९ वर्षीया कमला आ’चा’र्यको रह’स्य’मय मृ’त्यु (तस्विरहरू सहित)

पथरी / मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा बस्दै आएकी एक १९ वर्षीया युवतिको श’ङ्का’स्पद मृ’त्युको घटना सार्वजनिक भएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थायी घर भई हाल सलकपुरस्थित काका डिल्लीराम आचार्यको घरमा बसी कृषि विषय अध्ययन गरिरहेकी कमला आचार्यको र’हस्’यमय मृ’त्यु भएको हो ।

पुस १० गते शनिबार साँझबाट हराइरहेकी कमला १३ गते सोमबार जिल्लाकै पथरीशनिश्चरे नगरपालिकामा पर्ने जङ्गल क्षेत्रमा रहेको मोरङी पुल छेउमा जि’वितै फेला परेकी थिइन् ।

उनले मु’सा मार्ने औषधि सेवन गरेको पाइएपछि स्थानीयले उपचारार्थ विराटनगरस्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) पठाएकोमा उपचारका क्रममा

मंगलबार राति उनको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेले पूर्वेली न्यूजलाई बताएकाे छ । कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङको सक्रियतामा मृतक युवतिको श’व पो’स्टमा’र्टम गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको छ ।

मृतक युवतिले आफू साथीको घरमा गएको र फर्कने क्रममा गाडीमा रहँदा रजस्वला भएपछि पाठेघर खसेजस्तो लागेर वि’ष सेवन गरेको बताएको स्थानीयको भनाइ छ । उनका साथीहरुलाई बुझ्दा कुनै पनि साथीको उनी नपुगेको पाइएकाले घटना रह’स्यमय रहेको स्थानीयहरु बताउँछन् ।

परिवारमा एक छोरा र तीन छोरीमध्ये कान्छी सन्तान रहेकी कमला पढाइमा अब्बल रही सँधै प्रथम स्थान प्राप्त गरिरहेको पारिवारिक श्रोतले जनाएको छ । राधिका मावि उर्लाबारीमा कृषि अध्ययनरत रहेकी उनले सुन्दरहरैँचा नगरपालिकाको कृषि शाखामा इन्टर्नसमेत गर्दै आएकी थिइन् । पुर्बेलीन्युज बाट

२०७८ पुष १६, शुक्रबार ०३:४८ 0 Minutes 167 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।