२०७९ आश्विन २१
  • काठमाडौँ

कोइला बा’लेर सुतेका एकै परिवारका ४ को मृ’त्यु, ३ बे’होस अवस्थामा

सुर्खेत- बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वा’र्टरमा नि’सास्सिएर चार जनाकाे ज्यान गएकाे छ ।

नेपालगञ्ज उपमहानगरपालिका-१० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका कालिकोट खाँडाचक्र नगरपालिका-६ का २४ वर्षीय धनप्रसाद भट्टराईसहित चार जना स्टाेरकाे क्वार्टरमा मृ’त भेटिएको प्रहरीले जनाएको छ ।

भट्टराईको सात जनाकाे परिवार सु’तेकाे थियाे । सुतेकै ठाउँमा चार जना मृ’त भेटिएसँगै अन्य तीन जना बे’होस रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।बुधबार राति खाना खाएर सु’तेका सातमध्ये चारजना मृ’त भेटिएका हुन् भने बे’होस रहेका तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

२३ वर्षीय धनप्रसाद भट्टराई, उनका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र २१ वर्षीय बहिनी नन्दकली भट्टराईको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।सँगै सु’तेकी धनप्रसादी २४ वर्षीया श्रीमती सुशीला भट्टराई, जेठो छोरा तीन वर्षीय दिवस भट्टराई र

१८ वर्षीय भाइ नरेन्द्र भट्टराई भने बे’होस अवस्थामा भेटिएपछि उनीहरुलाई भेरी अस्पताल लगिएको एसपी श्यामकृष्ण अधिकारीले बताए ।बुधबार देशभर वर्षा हुँदा चिसाे बढेकाे थियाे । राति कोइला बा’लेर सु’तेकाे र नि’सास्सिएर मृ’त्यु भएको हुन सक्ने एसपी अधिकारीले बताए ।

२०७८ पुष १५, बिहीबार १२:१९ 1 Minute 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।