२०७९ आश्विन २१
  • काठमाडौँ

एकाबिहानै आयो दुखद खबर : भेरी अस्पतालको क्वाटरमा चार जनाको रहस्यमय मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालको कर्मचारी क्वाटरमा चार जनाको रहस्यमय मृत्यु भएको छ। अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको हो।

तीन वर्षदेखि कार्यालय सहयोगीको रुपमा कार्यरत कालिकोट खाँडाचक्र नगरपालिका–६ का धनप्रसाद भट्टराईको परिवार सुतेको कोठामा घटना भएको हो। घटनामा २३ वर्षीय भट्टराईसहित उनकी आमा ४५ वर्षकी कोकिला, ३ महिने छोरा इप्सन र २७ वर्षीया दिदी नन्दकलीको मृत्यु भएको हो।

श्रीमती, भाइ र अर्का एक छोरा बेहोस अवस्थामा भेटिएको भेरी अस्पतालका प्रमुख डाक्टर वीरेन्द्रबहादुर चन्दले जानकारी दिए। उनकाअनुसार उनीहरु कोठा तातो बनाउन कोइला बालेर सुतेको र त्यसैका कारण अक्सिजनको कमी भएर घटना भएको हो।बेहोस अवस्थाका तीनजनाको भेरी अस्पतालमै उपचार भइरहेको छ।

उनीहरु एउटै कोठामा सुतेका थिए। चिसोमा आ’गो बा’लेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। प्रजिअ खत्रीले आफू घटनास्थलमा पुगेर फर्केका बताए। ‘म पनि घटनास्थलमा पुगेर फर्किए, मृत्युको आशंका निसास्सिएर भएको हुन सक्ने आशंका छ, विस्तृत कुरा त पो ष्ट मार्टम रिपोर्टले नै बताउँला,’ उनले भने। भट्टराईसहित उक्त क्वाटरमा ७ जना रहेका थिए।

बिहीबार बिहान करिव ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बाँकेका प्रहरी प्रमुख(एसपी) श्यामकृष्ण अधिकारीले घटनाको सुक्ष्म रुपले अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।

२०७८ पुष १५, बिहीबार ०७:५६ 0 Minutes 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।