२०७९ आश्विन २२
  • काठमाडौँ

विदेश जान बसपार्कको गेष्टहाउसमा बसेका ९ जना युवा ब’लात्कार आ’रोपमा पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक ब’लात्कारको आ’रोप लागेका ९ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट गरि विभिन्न गेस्ट हाउसमा ९ जनाले सामूहिक बला’त्कार गरेको उजुरी परेको थियो ।

महिलाले उजुरी दिएपछि उनले बताएको स्थान र हुलियाका आधारमा प्रहरीले मंगलबार ७ र बुधबार २ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई बुधबार साँझ प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली छन् !

त्यस्तै  छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाहरु सवै वैदेशिक रोजगारी जाने तयारीमा थिए । महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान थालिएको र पीडित महिलाको अवस्था अहिले सामान्य नै रहेको प्रहरीले जनाएको छ । ताजाखबर

२०७८ पुष १५, बिहीबार ००:२७ 1 Minute 290 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।