२०७९ आश्विन २१
  • काठमाडौँ

शारीरिक सम्बन्धको सट्टा दिन्थिन् डिग्रीको सर्टिफिकेट, को हुन् उनि ?

एजेन्सी। शिक्षक वा प्राध्यापक ज्ञानको ज्योतिका स्रोत हुन्। उनीहरुलाई गुरु उपनामले पुकार्ने गरिन्छ। गुरु शब्द नै अति नै पवित्र छ। तर यही पवित्र शब्द र पद नै बेला बेला बदनाम हुने गरेका घटना धेरै छन्।

मद्रास उच्च अदालतले एउटा सनसनीखेजको खुलासा गरेको छ। अभियुक्त महिला कलेजकी एक प्रोफेसरलाई गिरफ्तार गरेपछि सबै चकित हुने तथ्यको खुलासा भएको हो। न्यायमूर्ति एन किरुबाकरण,

र मदुरै बेन्चका एसएस सुन्दरले निलम्बित सहायक प्राध्यापक निर्मला देवीको बारेमा विशेष खुलासा गरेको हो। प्रोफेसरलाई मदुरै कामराज विश्वविद्यालयका वरिष्ठ अधिकारीहरुसँग शारीरिक,

सम्बन्ध बनाउनका लागि विद्यार्थीहरुलाई डिग्रीमा राम्रो अंक र पैसा दिने सेटिङ्ग मिलाउने गर्थिन्। महिला विद्यार्थीहरु लाई प्रलोभनमा पारेर पुरुष प्राध्यापकको ओछ्यानमा पु¥र्याउने काम उनको थियो।

महिला विद्यार्थी महिला प्राध्यापकसँग नै बढी घुलमिल हुने र कुराकानी गर्दा कुनै शंका नहुने भएकाले मोटो रकम लिएर उनले यो काम गरिरहेको अदालतबाट प्रमाणित भएको छ।

सरकारी वकिलले अदालतलाई भने कि उनलाई जमानत दिन कुनै आपत्ति छैन। अदालतले प्राध्यापकलाई अनुसन्धानमा पुलिसलाई पूर्ण सहयोग गर्न निर्देशन दिएको छ।

र मिडियामा कुनै अन्तर्वार्ता दिन अस्वीकार गरेको छ, जसले अनुसन्धानलाई असर गर्न सक्छ। यसअघि तल्लो अदालत र उच्च अदालतले जमानत निवेदन खारेज गरेको थियो।

एसेन्जी

२०७८ पुष १४, बुधबार ०८:१८ 0 Minutes 288 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।