२०७९ आश्विन १४
  • काठमाडौँ

विमान दुर्घ`टनामा ज्यान गु`माएकी २८ वर्षकि एकता अधिकारीको परिवारले कति क्ष`तिपूर्ति पाउलान् ?

काठमाडौं । इथियोपियाली विमान दुर्घ`टना भएको २ वर्षपछि अमेरिकी विमान निर्माता कम्पनी बोइङले मृ`तकका परिवारलाई क्ष`तिपूर्ति दिने भएको छ । बोइङले मृ`तकका परिवारको मागलाई स`म्बो`धन गर्ने गरी क्ष`तिपूर्ति दिने घोषणा गरिसकेको छ ।

१४९ यात्रु र ८ चालकदलका सदस्यको १० मार्च २०१९ मा विमान दुर्घटनामा मृ`त्यु भएको थियो । बोइङको म्याक्स विमानहरुमा समस्या आएको विषय उठिरहँदा दुर्घ`टना भएको थियो । २०१८ मा इन्डोनेशियामा बोइङको म्याक्स दुर्घ`टना भएको थियो । जसका कारण बोइङका विमानहरु सँसारभर ल्यान्ड गरी उडान रोक गरियो ।

विमान कम्पनीले ठूलो आ`रो`प खेप्यो । उसले प्रस्ताव गरेको क्ष`तिपूर्ति मृ`तकका परिवारले अस्वीकार गरे । दुई वर्षपछि बल्ल बोइङले क्ष`तिपूर्तिका लागि मृ`तकका परिवारले अमेरिकाको सिकागोस्थित अदा`लतमा `दायर गरेको रिटको मागदाबीलाई स्वीकारेको छ । बोइङ र मृ`तकका परिवारबीच सम्झौता भएको छ ।

अमेरिकाले पी`डित कोष खोलेर १४ लाख ५० हजार डलर प्रति परिवार दिने घो`षणा गरेको थियो । यो १६ करोड रुपैयाँ हुनआउँछ । नेपालकी एकता अधिकारीले कम्तिमा १६ करोड रुपैयाँ क्ष`तिपूर्तिवापत् प्राप्त गर्नेछिन् । यसबाहेक बोइङले पनि प्रति परिवार करोडौै नेपाली रुपैयाँ बराबरको रकम क्ष`तिपूर्तिस्वरुप प्रदान गर्नेछ । उनले दशौं करोड क्ष`तिपूर्ति पाउने भएकी छिन् ।

गोरखा घर भएकी एकता अधिकारी विश्व खाद्य कार्यक्रममा नेपालमै काम गरेर पछि इथियोपिया पुगेकी थिइन् । उनको २८ वर्षको उमेरमा नि`ध`न भएको थियो । पपुवा न्युगिनीमा समेत भूक`म्पको बखत काम गरेकी थिइन् । अदिस अबाबामा सप्लाई चेन अफिसरका रुपमा कार्यरत थिइन् । ताजा खबर बाट

२०७८ पुष १३, मंगलवार १०:०५ 0 Minutes 164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।