२०७९ भाद्र १
  • काठमाडौँ

एक प्र’हरी अधि’कृतले दु’र्घटना प्रमाणित गरिदिन १० हजार घुस मागे!

२ चैत, सल्यान :
निशुल्क हुने दु’र्घटना प्रमाणित गरिदिन सल्यानमा एक प्रहरी अधि’कृतले १० हजार मागेकाे खुलेकाे छ । इलाका प्रहरी कार्यालय लुहामका प्रमुख इनिस्पेक्टर श्याम कुमार यादवले सवारी दु’र्घटना प्रमाणित गरिदिन १० हजार मागेकाे उजुरी परेकाे हाे ।

गत फागुन २ गते कपुरकाेट गाउँपालिका ३ तल्लाे बजारमा भएकाे बस दु’र्घटनाकाे प्रमाणित गरिदिन् आफुबाट १० हजार मागेकाे भन्दै नव कान्तिपुर भलाइ तथा ईन्भेष्टमेन क’म्पनी प्रालि दाङ शाखाका प्रमुख महेन्द्र महराले जिल्ला प्र’हरी कार्यालय सल्यानमा उजुरी दिएका छन् ।

दु’र्घटना विमा रकमकाे भुक्तानीका लागि प्रहरी अधि’कृतद्वारा प्रमाणित पत्र चाहिने र त्यसकाे लागि पटकपटक उनि दाङबाट लुहाम आउँदा यसअघि केहि कागजपत्र नपुग्दा काम भएकाे थिएन् । तर साेमबार सबै कागज तयार बनाएर इप्रका लुहाम आउँदा इनिस्पेक्टर यादवले प्रमाणित गरिदिन १० हजार मागेकाे उनले बताए ।

उनले भने, ‘सबै कागजपत्र पु¥र्याएर इ’प्रका पुगे, उहाँहरुले प्रमाणितकरणकाे पत्र प्रिन्ट पनि गर्नुभयाे, तर अन्तिममा १० हजार रुपैयाँ दिनुहाेस् `नत्र हामी प्रमाणित पत्र दिन्नाैं भन्नुभयाे!

म सँग त्यत्राे पैसा छैन याे निशुल्क हुने काममा किन पैसा दिनुपर्याे भनेर मैले त’र्क गरे तर उहाँले पत्रमा हस्ताक्षेर गरिदिनु भएन् ।’

त्यसपछि उनि प्रमाणितकरणकाे पत्रकाे लागि जिल्ला प्रहरी कार्यालयमा पुगेकाे बताए । उ’जुरी पछ्यात इनिस्पेक्टर यादवलाइ जिल्ला प्रहरी कार्यालयले अनुसन्धानका लागि बाेलाएकाे छ । उजुरी निवेदन परेकाे र उनिमाथी अनु’सन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गाेविन्द थापाले बताए ।

२०७७ चैत्र २, सोमबार १८:४४ 1 Minute 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।