२०७९ आश्विन २१
  • काठमाडौँ

राष्ट्रिय भावना झल्किएको चलचित्र ‘काँडेतार’ काे छायाकंन पूरा

काठमाडौ : सिमानामा काँडेतार अभियानका अभियन्ता नायक नवल खड्का तथा गायिका सत्यकला राईद्वारा निर्माण गरिएको चलचित्र ‘काँडेतार’काे छायाँकंन पूरा भएकाे छ। चलचित्रलाई नायक नवल खड्काले निर्देशन गरेका छन् भने गायिका सत्यकला राईले निर्माण गरेकी हुन्।

करिव तीन करोडको लागतमा निर्माण हुन गइरहेको यस चलचित्र ‘काँडेतार’ को कथा लेखन भने शिवम् अधिकारी र नवल खड्काको रहेको छ। देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’ का कलाकारहरुमा नायक नवल खडका, गौरव पहाडी, रेविका गुरूङ, प्रशान्त यादव,

सुरविना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, परशुराम चौधरी, पुष्प श्रेष्ठ, महेश गिरी, रवि शाह, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल चौधरी, अन्जु केसी, खेम नेपाली, देवेन्द्र कोईराला, रामविश्वास थारू, मातृका घिमिरे, रितु चौधरी, रामेश्वर बुर्लाकोटी, प्रतिक श्रेष्ठ, प्रेम कार्की, छवि बैरागी घिमिरेलगायतकाे अभिनय छ। बाल कलाकारमा नादिया खड्का र सनया खड्का अदम्य अभिनय रहेकोे नायक खड्काले बताए।

चलचित्र ‘काँडेतार’को गायनमा भने राजेश पायल राई, जे. पापी, बिक्रम राई, गायिका सत्यकला राई, गीतकार नवल खड्का, संगीतमा मणी थापा, दिपक शर्मा, मिलनकान्छा किराँती र मुख्य सहायक निर्देशकमा विश्व जंङ्ग माझी रहेका छन् भने छायाङ्कनमा सौरभ लामा, द्वन्द श्री श्रेष्ठ, नृत्य कविराज गहतराज, एशोसियट निर्देशक रामशरण कोइराला, काष्टिङ्ग निर्देशक केशव रायमाझी, सम्पादन तारा थापा, किम्भे प्रोडक्शन हेड प्रकाश महरा र प्रोडक्सन मेनेजर प्रकाश हमाल रहेको छन्।

सिमानामा काँडेतार बार नलगाएसम्म राष्ट्र तथा आफ्नो मातृभूमि सुरक्षित रहन्न भन्ने मूलनारा बोकेको यस चलचित्र ‘काँडेतार’ ले सारा नेपाली सर्बसाधारण जनताको रगत उमाल्ने राष्ट्रवादी सन्देशले ओरप्रोत भएको चलचित्र हो।

रातारात सिमाना मिचिरहँदा राजनेता र जननेता कहलाउँने नेताहरुले के हेरिरहेको छन्? जवाफ मागेको छ चलचित्र ‘काँडेतार’ ले। राष्ट्रभक्ति तथा देशप्रेमले ओतप्रोत अहिलेसम्मकै अब्बल चलचित्र हो ‘काँडेतार’। छायाङ्कन सकिए लगत्तै निर्माण टीम अब सम्पादन कार्यमा लागि परेको छ र सकेसम्म चाँडै नेपाली जनताकासामु जनताकै चलचित्र ‘काँडेतार’ प्रर्दशनमा ल्याउने निर्देशक तथा राष्ट्रबादी नायक नवल खड्काले वताए।

“सिमानामा काँडेतार बारले मुलुकबीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसँगको सद्भाव कायम राख्छ” निर्देशक तथा नायक खड्काले भने, “चलचित्र ‘काँडेतार’ को सम्पूर्ण शुटिङ्ग समाप्त भएकोमा खुशियाली बाँड्न चाहन्छु। यसमा सहयोग गर्नुहुने आबद्ध चलचित्रकर्मी र सहयोगी हात र साथहरू प्रति नमन गर्न चाहन्छु।

विगतमा देशभक्तिपूर्ण चलचित्रहरूलाई विभिन्न थरिका तत्वहरूबाट गरिएका कर्तुतलाई स्मरण गर्दा थप चुनौति बढ्दै छ भन्ने लागेको छ। त्यसैले त्यस्ता कर्तुत बिरूद्ध लड्न सबैको सकारात्मक सहयोग अपेक्षा राखेको छु।” नायक खड्काले सामाजिक संजालमा लेखेका छन्।

२०७८ पुष ११, आईतवार ०६:३६ 0 Minutes 153 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।